राप्रपाले ५ वैशाखसम्म गाउँपालिकाका सबै पदमा उम्मेदवार बन्नेको नामावली यकिन गरिसक्ने तयारी गरेको छ । स्थानीय तहको निर्वाचनको मुख्य कार्य पार्टीको घोषणापत्र सार्वजनिक लगायतका काम पनि सोही मितिमै सक्ने तयारी पार्टीको छ ।सिद्धार्थ थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका नाति हुन् । राप्रपाको युवा संगठनमा आबद्ध सिद्धार्थ राजनीति र कूटनीतिमा गहिरो चासो राख्छन् । सूर्यबहादुरको ६ दशक लामो राजनीतिक जीवनका उतारचढावबारे सिद्धार्थले कैयौँपटक हजुरबासँग कुराकानी गरेका छन् र ती अनुभवबाट सिद्धार्थले आफ्नो राजनीतिक यात्राको आदर्श मापन गरेका छन् ।
यसैबीच, धनकुटाको धनकुटा नगरपालिकामा पूर्वप्रधानमन्त्री एवं राप्रपाका पूर्वअध्यक्ष स्व. सूर्यबहादुर थापाका नाति सिद्धार्थ थापालाई राप्रपाले मेयरको उम्मेदवार बनाउने भएको छ । पूर्वमन्त्री समेत रहेका पार्टी महामन्त्री सुनील थापाका छोरा सिद्धार्थलाई मेयरको टिकट दिने निर्णय भएको हाे ।





परिवर्तनपरिवर्तन इमोसनइमोसन