Advertize with us.............

संसद विघटन गरेर चुनावमा जानुपर्छः बाबुराम भट्टराई

नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ संविधानअनुसार अहिलेका कुनै पनि दलसँग आफूलाई ठूलो दल हुँ भन्ने अधिकार नभएको भन्दै अब हुने चुनावबाट जसले जित्छ उही ठूलो दल हुने बताएका छन् । यस्तै उनले संसद विघटन गरेर चुनावमा जानुपर्ने धारणा समेत राखे । 
पार्टी केन्द्रिय कार्यालय बबरमहलमा विहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले तीन ठूला दललाई संसद विघटन गरेर केन्द्रिय संसदको चुनाव गरेर देखाउन चुनौति दिए ।
ठूला दलले माघ ८ गतेभित्र तीन तहको निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयनको कामलाई अघि बढाउन नचाहेको जिकीर समेत गरे ।
उनले निर्वाचनमा लागि परेका आफूहरुलाई दलीय चुनाव चिह्न नदिएर तीन ठूला दलले लोकतान्त्रिक मूल्य र मान्यताको धज्जी उडाएको आरोप समेत लगाए ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस