Advertize with us.............

महिनावारीमा यौनसम्पर्क कति सुरक्षित ? थाहा पाउनुस् १० तथ्य

धेरैजसो जोडीहरु महिनावारी हुँदा यौनसम्बन्ध राख्नु हुन्छ कि हुँदैन भन्ने विषयमा अनभिज्ञ हुन्छन् । के महिनावारी हुँदा यौन सम्बन्ध राख्दा गर्भवती हुने सम्भावना हुन्छ ? के महिनावारीको दुखाई यौनसम्पर्कले झन् बढाउँछ ? यस्तै १० प्रश्नबारे आज हामी तपाईंलाई जानकारी दिँदै छौं ।
१. कति सुरक्षित हुन्छ ?
विभिन्न गायनाकोलोजिस्टका अनुसार महिनावारीको क्रममा यौनसम्बन्ध स्थापित गर्दा संक्रमण हुने खतरा सबैभन्दा धेरै हुने गर्दछ । विशेषगरी ती पुरुषहरुलाई जो कण्डम बिना सम्बन्ध स्थापित गर्छन् ।
२. महिनावारी हुँदा यौनसम्पर्क गर्दा गर्भ बस्छ ?
यतिबेला यौनसम्बन्ध राख्दा गर्भवती हुने सम्भावना निकै कम हुन्छ । यदि तपाईं गर्भ नरहोस् भन्ने चाहमा हुनुहुन्छ भने सुरक्षाका उपाय अपनाउनै पर्ने हुन्छ । महिनावारी हुँदा गर्भ बस्ने सम्भावना निकै कम भएपनि गर्भ रहँदैन नै भनेर ठोकुवा गर्न मिल्दैन किनभने वीर्य केही दिनसम्म बाँच्छ र चाँडै नै ओभुलेसन भएको खण्डमा गर्भ बस्ने गर्दछ ।
३. महिनावारी हुँदाको रगतका सम्पर्कले यौन रोग लाग्छ ?
महिनावारी हुँदाको रक्तश्राव साधारण मानव रगत हो त्यसकारण यो रगतले कुनै हानी निम्त्याउँदैन । यदि तपाईंको पार्टनरलाई यौनरोग छ भने यौनसम्बन्ध स्थापित गर्दा कण्डमको प्रयोग गर्नैपर्छ – महिनावारी हुँदा पनि र नभएका बेलामा समेत ।
४. महिनावारीका बेला यौनसम्बन्ध राख्ला एचआइभी संक्रमण हुन्छ ?
यौनसम्बन्ध स्थापित गर्ने एक व्यक्तिलाई एचआइभी संक्रमण नभएसम्म यो कुनै पनि हालतमा पार्टनरलाई सर्दैन । महिनावारी नभएका बेला पनि एचआइभी संक्रमणसँग कण्डम बिना यौन सम्बन्ध स्थापित गर्दा एचआइभी लाग्ने सम्भावना उच्च हुन्छ ।
५. महिनावारी हुँदा निस्कने रगतले यौनाङ्गमा हानी पुर्याउँछ ?
यस्तो कुनै पनि हालतमा हुनै सक्देन । महिनावरी हुँदा हुने रक्तश्रावलाई मानिसहरुले फोहोरको उपमा दिने भएकाले यसप्रति मानिसको गलत धारणा भएको हो । वास्तवमा यो मानव शरिरभित्र हुने साधारण रगत हो ।
६. महिनावारीका बेला यौनसम्पर्कले पाठेघरलाई हानी गर्छ ?
महिनावारीका बेला यौनसम्बन्ध स्थापित गर्दा पाठेघरलाई कुनै हानी हुँदैन । महिनावारीका बेला पाठेघरको मुख खुल्ला हुने र यतिबेलाको यौनसम्पर्कले महिलाको पाठेघरलाई हानी गर्छ भन्ने मान्यता गलत हो । महिनावारीका बेला हुने रक्तश्राव पाठेघरको निकै सानो मुखबाट हुने गर्दछ ।
७. के महिनावारीका बेला यौनसम्पर्क गर्नु विकृती हो ?
तपाईंलाई सुन्दा खुसी नै लाग्ला  । महिनावारी हुँदा पनि धेरै जोडीले यौनसम्बन्ध स्थापित गछृन् । चिकित्साको दृष्टिकोणले महिनावारी हुँदा यौनसम्बन्ध स्थापित गर्नु निकै साधारण कुरा हो । यदि तपाईं पनि गर्नहुन्छ भने यसमा तनाव लिनुपर्ने र डराउनुपर्ने केही कुरा छैन ।
८. महिनावारी हुँदा गरिने यौनसम्पर्कले रक्तश्राव बन्द गर्छ ?
केही महिलाले महिनावारी हुँदा यौनसम्बन्ध राखेको एक वा दुई दिन पछि रक्तश्राव बन्द भएको अनुभव गर्न सक्छन् । यसको अर्थ रगत सबै पाठेघर भित्र गएको र बाहिर आउन नसकेको भने होइन । वास्तवमा, यौनसम्बन्धका बेला पाठेघरमा दबाब पर्ने हुँदा यसले महिनावारीको तरल वस्तु र तन्तुलाई छिटो छिटो बाहिर निकाल्न सहयोग गर्दछ जसका कारण अन्य बेलाभन्दा रक्तश्राव चाँडै बन्द हुन्छ ।
९. महिनावारी हुँदा यौनसम्बन्ध राख्दा दुखाई कम हुन्छ ?
हो, कति महिलाले महिनावारीका बेला यौनसम्बन्ध राख्दा दुखाई कम हुने गर्दछ । चरमोत्कर्षमा पुग्दा केही विशेष प्रकारको रसायन पैदा हुँदा महिनावारीको दुखाई कम हुने गर्दछ ।
१०. मुख मैथुन सुरक्षित हुन्छ ?
महिनावारी भइरहेको पार्टनरलाई मुख मैथुन गर्न चाहनुहुन्छ भने यसो गर्नु सुरक्षित छ ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस