Advertize with us.............

इलाका प्रशासनमा प्रमुख नहुँदा सेवाग्राहीलाई सास्ती

तेह्रथुमको आठराई गाउँपालिकास्थित ईलाका प्रशासन कार्यलयबाट प्रबाह हुने सेवा कार्यालय प्रमुख नहुँदा ठप्प भएको छ ।
कार्यालयका प्रमुखको जिम्मेवारी सम्हालेका सफल पोर्तेलको सरुवा भएदेखि कार्यालय प्रमुख बिहिन भएको हो । जसका कारण कार्यालयबाट प्रबाह हुने प्रशासनिक काम दुई हप्तादेखि ठप्प भएको छ । प्रशासन कार्यालय नहँुदा २ गाउँपालिकाका सर्बसाधारण प्रशासनिक कामका लागी ६८ किलोमिटर कच्चि सडकको यात्रा गरेर तेह्रथुम सदरमुकाम म्याङलुङ धाउन बाध्य छन् ।
तेह्रथुमको आठाराई गाउँपालिका साविक संक्रान्तिबजार, खाम्लालुङ, ह्वाकु, ईवा, छातेढुङगा, चुहानडाँडा र थोक्लुङ गाविस र फेदाप गाउँपालिकाका साविक सम्दु र ईसिबु गाविसका सर्बसाधारणलाई गाउँमा नै प्रशासनीक सेवा दिन संक्रान्तिबजारमा प्रशासन कार्यालयको स्थापना भएको थियो ।
जिल्लाको पूर्वी भेगका जनतालाई सर्वसुलभ सेवा उपलब्ध गराउने उद्देश्यले गत जेठ ३ गते आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा ईलाका प्रशासन कार्यालको स्थापना गरिएको भएपनि स्थापना भएको ९ महिना नबित्दै कर्मचारी अभावमा सेवा बन्द हुदाँ सर्बसाधारणलाई पुरानै सास्ती दोहोरीएको छ ।
कार्यालयमा प्रमुख नभएपछि सेवाग्राहीलाई प्रशासनिक सेवा उपलब्ध गराउन नसकिएको ईलाका प्रशासन कार्यालयका निमित्त कार्यालय प्रमुख धननारण श्रेष्ठले जानकारी दिए ।यता,
प्रमुख जिल्ला अधिकारी आसमान तामाङले ईलाकामा प्रमुख नभएको संबन्धित मन्त्रालयमा जनाकारी गराइसकेको जानकारी दिएका छन् ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस