संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोका दिएको आरोप लगाएका छन् । धनुषाको लक्ष्मीनियामा मंगलवार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले नेपालको ईतिहासमा अहिलेसम्म प्रचण्ड जस्तो झुटको खेती गर्ने प्रधानमन्त्री कोही नदेखिएको आरोप लगाए ।‘मधेशी मोर्चासँग सहमति गर्ने एक विषय, दास्तावेजिकरण गर्ने अर्को विषय र संसदनमा प्रस्तुत गर्ने फरक विषय गरे । ’ उनले भने,‘ यस्तो चलाखी र धोकाघडी जव कुनै देशको प्रधानमन्त्रीले गर्छन भने त्यो देशको भविष्य कस्तो होला ?’
स्थानीय तहको निर्वाचनमा सेना परिचालन गरेर प्रमुख दलहरुले संसद कब्जा गर्न खोजेको भन्दै उनले भने,‘राजतन्त्रणको निर्वाचनमा पनि सेनालाई प्रत्यक्ष रुपमा प्रयोग गरिएन, तर गणतन्त्रणमा सेनालाई प्रयोग गरेर ब्यालेटलाई हेरफेर गर्ने षड्यन्त्रण भईरहेको छ ।’ बन्दुकको आडमा निर्वाचन गरे वर्षोदेखि हक अधिकारबाट वञ्चित रहेका मधेशी जनता चुप लागेर बस्न नसकिने उनले चेतावनी दिए ।
यादवले भने,‘ संसारमा कहि सेना परिचालन गरेर परिर्वतन भएको ईतिहास छैन, जनताले नै चाहेर परिवर्तन सम्भव छ ।’
स्थानीय तहको संरचनामा पनि मधेशी जनतासँग ठुलै विभेद गरिएको उनले बताए । उनले भने,‘ आधि भन्दा बढी जनसंख्या भएको मधेशमा २ सय मात्र स्थानीय तह तर आधी भन्दा कम जनसंख्यामा ४ सय ७९ स्थानीय तह यति ठुलो विभेद अव मधेशी जनताले स्वीकार गर्न सक्दैन ।’

मधेशी आदवासी जनजाती, मुस्लिम तथा पछाडि पारिएका वर्गलाई माान्य हुने गरि संविधान संसोधन हुनुपर्नेमा उनको भनाई छ । संविधान संसोधन गरि क्रमश राष्ट्रिय सभा, प्रदेश सभा र अन्तमा मात्र स्थानीय तहको निर्वाचन गरिएको खण्डमा मात्र आफुहरु निर्वाचनमा सहभागि हुने उनले बताए । न्यायधीश, राजदुत नियुक्ति जस्तै प्रमुख दलहरुले निर्वाचनको पनि भागबण्डा गरेको उल्लेख गर्दै उनले भने,‘ स्थानीय तहको निर्वाचन माओवादी केन्द्र, प्रदेशको निर्वाचन अर्को दल, र केन्द्रको निर्वाचन अर्का दल गर्ने गरि प्रमुख दलहरबीच आन्तरिक सहमति देखिएको छ ।’
उनले एनसेल प्रकरणमा पनि प्रमुख तीन दल राज्यको ३६ अर्व रुपैयाँ डुबाउन खोजेकोे आरोप पनि लगाए ।
कार्यक्रममा तराई मधेश लोकतान्त्रिक पार्टीका प्रभावशाली नेता महाजन यादवको नेतृत्वमा करिव २ हजार र नेपाल लोकतान्त्रिक फोरमका केन्दी्रय सदस्य रामगोवीन्द यादवको नेतृत्वमा ७ सय नेता कार्यकर्ताहरु पार्टी परित्याग गरि संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका थिए भने नेपाली काँग्रेस र नेकपा एमालेका सयौ नेता तथा कार्यकर्ताहरु पनि संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका थिए ।

परिवर्तनपरिवर्तन इमोसनइमोसन