।
जुलुसको क्रममा संघीय लोकतान्त्रिक संघीय गठबन्धनमा आवद्व मोर्चाको र्यालीको क्रममा इटहरीस्थित हझडपको क्रममा इलाका प्रहरी कार्यालय ईटहरीमा कार्यरत प्रहरी नायव उपरिक्षक पुण्य प्रसाद अधिकारी प्रहरी जवान भुपाल बिष्ट, यसैगरी बिरेन्द्र नेम्बाङ्ग, हरि सुवेदी र सुरेन्द्र अधिकारी घाईते भएका छन।
प्रनानि अधिकारी र प्रहरी जवान अधिकारी र सुवेदी को ढाडमा चोट लागेको छ भने प्रहरी जवान नेम्बाङ्ग र बिष्टको टाउकोमा चोट लागेको छ। बिष्टको टाउकोमा ४ टाँका लगाईएको छ।
यसैगरी राष्ट्रिय जनता पार्टीका दर्जनौ कार्यकर्ता घाइते भएको पार्टीका नेता तेन्जी लामाले बताउनुभयो। घाइते हरुको स्थानीय स्वास्थ्य सस्था मा उपचार भैरहेको छ।टियालाईनमा भएको झडपमा प्रहरी तर्फ ५ जना र मोर्चा तर्फ १५ जना घाईते भएका छन।आन्दोलनकारीले निकालेको जुलुस अघिअघि हिडेका प्रहरीहरु आन्दोलनकारीको निशानामा परेका छन। प्रहरीलाइ आन्दोलनकारीले इटा र लाठीले निर्घात कुटपिट गरेका छन। सो क्रममा प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ।




परिवर्तनपरिवर्तन इमोसनइमोसन