कानून ब्यवसायी शम्भु थापालाई पनि सिलवालसँगै नियन्त्रणमा लिइएको थियो । कार्य सम्पादन मूल्यांकनमा कीर्ते गरेको अभियोगमा सिलवाल पक्रापरेका थिए ।
कार्यसम्पादन मूल्यांकनको गलत रिपोर्टका आधारमा प्रकाश अर्याललाई आईजीपी बनाएको भन्दै सिलवाल सर्वोच्च पुगेका थिए । गलत मूल्यांकन विवरण पेश गरेको भन्दै गृह मन्त्रालयले डीआईजी विजयकुमार भट्टको नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।
डीआईजी सिलवाललाई प्रहरी हेडक्वाटर लगेर सोमवार बयान लिइएको थियो । बयानपछि सिलवाललाई घरमा नै लगेर छाडिएको छ ।
प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालकाअनुसार गृहले गठन गरेको समितिले नै बयान लिएको र सिलवाललाई छाडिएको हो ।
प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालकाअनुसार गृहले गठन गरेको समितिले नै बयान लिएको र सिलवाललाई छाडिएको हो ।
गृहको समितिले सिलवालसँग बयान लिएकै दिन बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चमा सोमवार नै बहस भएको थियो । सिलवालको तर्फबाट अधिवक्ता पूर्णप्रसाद राजवंशीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
मूल्यांकन कीर्तेबारे सिलवालको बयान
छानबिन समितिले नेपाल प्रहरीका डिआईजी सिलवालसँग सोमवार कार्य सम्पादन मूल्यांकनमा गरेको कीर्तेबारे बयान लिएको हो । डिआइजी विजयकुमार भट्टको नेतृत्वमा गठन भएको छानबिन समितिले सिलवालसँग सोमवार झण्डै आठ घण्टा बयान लिएको समिति सदस्य तथा एसएसपी पवन खरेलले जानकारी दिए ।
एसएसपी खरेलले बयानका क्रममा सिलवालले आफू मौन नबसी कीर्ते गरेको बारेमा बयान दिएको उल्लेख गरे । समितिले सिलवालको बयानका आधारमा प्रतिवेदन बनाएर सरकारलाई बुझाउने छ ।
बयान सकेलगत्तै सिलवालको स्वास्थ्य जाँच गरिएको थियो । स्वास्थ्य जाँचपछि उनलाई उनकै निवासमा लगेर स–सम्मान छाडेको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले रातोपाटीलाई बताए । प्रवक्ता खनालले डिआइजी सिलवाललाई सञ्चारमाध्यममा आएजस्तो पक्राउ नगरेको र बोलाएर बयानका लागि लगेको बताएका छन् ।




परिवर्तनपरिवर्तन इमोसनइमोसन