Advertize with us.............

राप्रपाको पनि घोषणापत्र तयार

Image result for photo of raprappa flagसंसदको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तह चुनावका लागि घोषणापत्र तयार गरेको छ । राप्रपाले बुधबार राजधानीमा एक कार्यक्रम गर्दै त्यसलाई सार्वजनिक गर्दैछ । घोषणापत्रमा प्रत्येक परिवारमा कम्तीमा एक जनालाई रोगजारी दिइने, बेरोजगारहरूका लागि स्वरोजगार कोष स्थापना गरी तालिम, सहुलियत ऋण उपलब्ध गराउने, निर्वाचन सम्पन्न भएको एक महिनाभित्र प्रत्येक परिवारको आर्थिक अवस्था सर्वेक्षण गरी काम सुरु गर्नेलगायत उल्लेख हुने छ ।
संकल्पपत्र भन्दै उसले १७ पृष्ठमा विभिन्न क्षेत्रमा पार्टीले गर्ने विकासका कामबारे उल्लेख गरेको छ । गरिबी निवारणलाई विशेष कार्ययोजनाका रूपमा अघि बढाउने उसको संकल्प छ । गाउँ/नगरपालिकाभित्र २५ जनाभन्दा बढीलाई रोजगारी प्रदान गर्ने, उद्योग तथा व्यवसायलाई १० वर्षसम्म सबै प्रकारका स्थानीय कर मिनाहा गरिने, उपरोक्तबमोजिमका उद्योग व्यवसायलाई जग्गा, बिजुली, पानी र बाटोमा सहुलियत दिइने, कृषि क्षेत्रको व्यवसायीकरण, आधुनिकीकरण र यान्त्रीकरणका लागि प्रत्येक गाउँ/नगरपालिकाको विशिष्टताको आधारमा कृषि क्षेत्र विकास योजना कार्यान्वयन गरिने, गाउँ/नगरपालिकाको सम्भाव्यता अध्ययन गरी एक गाउँ/नगर एक उत्पादन अभियान सञ्चालन गरिनेलगायतको योजना छ । कुनै पनि बहानामा बन्द कार्यक्रम नगरिने संकल्प राप्रपाले गरेको छ । 
गाउँ/नगरपालिकाभित्रका प्रत्येक वडामा ५ वर्षभित्रमा मोटर बाटो पुर्‍याइने, प्रत्येक नगरपालिका र नगरउन्मुख गाउँ पालिकाहरूमा योजनाबद्ध सहरी विकास योजना कार्यान्वयन गरिने, नगरपालिकाहरूमा थप गरिएका नयाँ वडाहरूमा समेत समानुपातिक ढंगले विकास कार्यक्रम सञ्चालन गरिने पार्टीको घोषणापत्रमा छ । गाउँ/नगरपालिकाभित्रका प्राचीन, ऐतिहासिक एवं पुरातात्त्विक महत्त्वका संरचना र सम्पदाको संरक्षणमा जोड दिइने, पुरातात्त्विक महत्त्वका निजी घर वा संरचनालाई यथा रूपमा संरक्षण गरी व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्न चाहने उद्यमीहरूलाई स्थानीय कर मिनाहा र अन्य सुविधा दिइने, गाउँ/नगरपालिका क्षेत्रमा प्लास्टिकका झोलाहरू प्रयोगलाई पूर्ण रूपमा निषेध गरिनेछ, एक घर दुई बिरुवा अभियान सञ्चालन गरिनेलगायत त्यसमा छ ।


अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस