Advertize with us.............

मोर्चालाई सहमतिमा ल्याउन हामी सघाउँछौं

 आन्दोलनरत मधेसी मोर्चा र संघीय गठबन्धनलाई सहमतिमा ल्याउन प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारलाई सघाउने भएको छ । एमालेले आन्दोलनरत पक्षलाई सहमतिमा ल्याउन र बैशाख ३१ गते नै देशभर एकैचरबुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलको बैठकमा एमाले कार्यवाहक अध्यक्ष बामदेव गौतम, नेता माधव नेपाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी थिए ।
बैठकपछि नेम्वाङले पत्रकारहरुसँग भने, ‘बैशाख ३१ गतेको निर्वाचनमा मधेसी मोर्चा गठबन्धन लगायत सबैलाई सहभागी गराउनका लागि सत्तापक्षले आवश्यक पहलकदमी लिए प्रतिपक्षको त्यसमा सकारात्मक सहयोग रहन्छ ।’
स्थानीय चुनावमा सहभागी हुन जनता उत्साहित भएको भन्दै बैशाख ३१ गते नै देशव्यापीरुपमा सफलतापूर्वक चुनाव सम्पन्न गराउनुपर्ने बताए । स्थानीय चुनावले जनतालाई अधिकार सम्पन्न गराउने भन्दै नेम्वाङले मधेसी मोर्चाले पनि भाग लिने विश्वास व्यक्त गरे ।
‘मधेसी, जनजाती, दलित, महिला लगायत मधेसदेखि हिमालसम्मका जनतालाई नेपालको इतिहासमा पहिलोपटक यति अधिकार सम्पन्न बनाउने जुन व्यवस्था छ, बैशाख ३१ गते कार्यान्वयन हुँदैछ,’ नेम्वाङले भने, ‘त्यस कुरालाई व्यवहारमा कार्यान्वयन हुनबाट कोही पनि मित्रहरुको अनिच्छा होला भन्ने मलाई लाग्दैन । सबैका सबै मित्रहरु अन्तिममा भाग लिनुहुन्छ भन्ने विश्वास छ ।’णमा स्थानीय चुनाव गराउन सरकारलाई सुझाव समेत दिएको छ ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस