यहाँ बियर र वाईनको उद्योग छ । खातको खात यस्ता कार्टुन भेटिएपछि सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरी तिन छक्क परे । इटहरी क्षेत्रका पानी उघोगको अनुगमन गर्न निस्किएको अनुगमन टोलीले इटहरी ७ स्थित ओम सत्यसाई वाटर उघोगमा यस्तै दुश्य देखिएको हो । लेखिएको थियो शुद्ध पानी तर बाहिरी कार्टुन भने बियर र वाईनमा थिए ।
फोहोरमैला, साँघुरो र अस्तव्यस्त उद्योगका साथै आफ्नो ब्राण्डको छुट्टै कार्टुनको समेत व्यवस्था थिएन । बियर र अन्य पानी उद्योगको पुरानो कार्टुनमा एकापट्टी आफ्नो कम्पनिको लेबल टाँसेर प्रयोग गरिएको भेटिएको थियो । टुबोर्ग, स्टार गोल्ड, टाइगर जस्ता पेय पदार्थका कार्टुनमा प्याक गरेर बेच्ने गरेको पाइएको थियो भने अमर थोपा पानी, आक्वालगायतका ब्राण्डको लोगो राखिएका पुराना कार्टुनमा प्याक गरेर बेच्ने गरेको पाइएपछि व्यवस्थापन सुधार गर्न भनिएको छ ।
शुद्ध भनिएको दाबी गरिएपनि यस उघोगले एक पटक प्रयोग भएका बोतल पनि पुनं प्रयोेग गरेको भेटियो । जिल्ला प्रशासन कार्यालय सुनसरी, इटहरी उपमहानगरपालिका कार्यालय, उपभोक्ता मञ्च, उद्योग वाणिज्य संघ, नागरिक समाज, घरेलु उद्योग कार्यालयका प्रतिनिधि तथा पत्रकारसहितको अनुगमन टोलीले उद्योगको यस्तो चरम लापरबाही अनुगमनमा भेटाएको थियो ।
उद्योगले प्रयोग भएका पानीका बोतल सफा गरेर पुन प्याकेजिङ गर्ने गरेको थियो । साथै उद्योगले पानी प्रशोधन गर्ने र प्याकेजिङका क्रममा लापरवाही फेला परेको थियो । सुनसरीका सहायक प्रजिअ राजेश गिरीका अनुसार कम्पनिलाई सात दिनभित्र दर्ता भएको प्रमाणपत्र लिएर आउन भनि निर्देशन दिएको बताए । साथै यस अघि पनि अनुगमनको क्रममा उद्योग लापरबाहीले संञ्चालन गरिएको भनि पत्र लेखिएको थियो । दोस्रो पटकको अनुगमनमा पनि उस्तै लापरबाही भेटिएपछि उद्योगको बिषयमा कडा निर्णय लिने गिरीले बताए ।
सहायक प्रजिअ राजेश गिरीका अनुसार अन्य दुई उद्योगलाई भने सामान्य निर्देशन दिएको बताए । टोलीले अनुगमन गरेको उपहार ब्राण्डको पानी उत्पादन गर्ने हिमधारा कम्पनि प्रालि र कुल ब्राण्डको पानी उत्पादन गर्ने सत्य साई पानी उद्योगलाई सामान्य निर्देशन दिइएको गिरीको भनाई छ ।
सोमबार इटहरी उपमहानगरपालिकाका तीन वटा पानी उद्योगमा अनुगमन गरिएकोमा प्रायःमा सरसफाइमा ध्यान नदिने गरेको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय सहायक प्रजिअ राजेश गिरीको नेतृत्वमा समुहले अनुगमन गरेको थियो । इटहरीको खानेपानी संस्थाले पिउन योग्य पानी वितरण गरिरहेको जनाएपनि प्याकेजिङ गरिएका पानीको माग बढ्दो छ । इटहरीमा पानी उद्योगहरु छ्याप्छ्याप्ती खुलेकोमा अनुगमन भने कमै मात्र हुने गरेको छ ।




परिवर्तनपरिवर्तन इमोसनइमोसन