हेमन्त केसी
जाजरकोट, चैत १५– आगामी ३१ वैशाखमा हुने स्थानीय चुनावलाई केन्द्रीत गरी मतदाता फकाउन जाजरकोटमा क्रियाशील प्रमुख दलका ठुला नेता नै गाउँ पसेका छन् ।

आश्वासनको पोको बोकेर गाउँमा डेरा जमाएका नेताहरु जनता र मतदाता रिझाउन अनेकथरी उपाय अपनाईरहेका छन् । नेताहरुवीच गाउँमा भएका विकास निर्माणका काम ‘मैले गरेको हुँ’ भन्दै जस लिने होडबाजी पनि चलेको छ ।
स्थानीयस्तरमा निर्वाचन आचारसंहिता नै कुल्चिने गरि विद्यालयमा आमसभा गदै दलका नेताहरु मतदाता आफ्नो पक्षमा पर्न प्रयासरत देखिन्छन् । तर जनता भने ‘भाषणभन्दा पनि रासन’को व्यवस्था मिलाउन नेताहरुलाई सुझाव दिइरहेका छन् ।
नेपाली कांग्रेसका नेता तथा जाजरकोट क्षेत्र नं २ का सभाषद् राजिव विक्रम शाह यतिवेला गाउँका कुना कन्दरामा जनतालाई विभिन्न आश्वासन वाँड्दै हिँडेका छन् । पुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेतको निर्वाचन क्षेत्रमा गएर उनले भाषणमा ‘सवै मैले गरेको हुँ’ भन्दै शक्ति वस्नेतको कुरा काट्दै छन् भने क्षेत्र नं २ अर्थात राजिवविक्रम शाहले जितेको क्षेत्रमा शक्ति वहादुर वस्नेत गएर ‘यहाँ भएको विकास हाम्रो पहलमा भएको हो’ भन्दै अन्य कुनकुन क्षेत्रमा समस्या छ भने आफुलाई टिपाउँन आग्रह गदै जनताको मत आफ्नो उमेद्वारको पक्षमा ल्याउन लविङ गदै छन् ।
दुई महिनाअघि जाजरकोटका अधिकांश गाउँमा पुगेर विभिन्न विकास निर्माणका लिष्ट बोकेर राजधानी गएका वस्नेतले ४० करोड भन्दा वढी विकासे रकम जाजरकोट पठाएका थिए । अहिले सोही वजेट ल्याएर वाचा पुरा गरेको भन्दै बस्नेत जाजरकोटको पश्चिम क्षेत्रमा विभिन्न आमसभामा सहभागि बनिरहेका छन् ।
यता नेपालीमा राम्रोसंग खुलेर भाषण गन नसक्ने राविजविक्रम शाह झाडापखालाको वेला हेलिकप्टर ल्याएर तपाईहरुको ज्यान वचाउने मान्छे ‘मै हुँ’ भन्दै मतदाता फकाइरहेका छन् । केन्द्रीय राजनीतिमा खासै पहुँच नभएका राजिव धनाढ्य नेतामा पर्छन ।
उता, गाउँमा वलियो संगठन बनाएको नेकपा एमालेले पनि स्थानीय चुनावलाई केन्द्रीत गरेर आफ्ना गतितिविधी तीव्र बनाएको छ । एमालेले अहिलेसम्म भड्किलो चुनावीसभा नगरेपनि केही क्षेत्रमा केन्द्रीय स्तरका नेताहरु ल्याएर आमसभा भने गदै आएको छ । स्थानीयस्तरका नेताहरु नै गाउँ गाउँमा गएर विभिन्न राजनैतिक भेटघाट गदै हिडेको नेकपा एमालेले वताएको छ ।
चुनावी मिति नजिकिएसँगै टिकट हात पार्न काग्रेस र एमालेमा गुट, उपगुटको लडाई हुन थालेपनि माओवादी केन्द्रमा भने टिकटका लागि अहिलेसम्म खासै ठुलो छलफल नै नभएको जिल्ला ईन्चार्ज गणेशप्रसाद सिंहको भनाई छ ।
वेला–वेलामा आन्तरिक पार्टीकै नेताको असहयोगको सिकार वन्दै आएको नेकपा एमाले यसपटक त्यस्तो नहँुने भन्दै सवै ठाउँमा मिलेर चुनाव आफ्नो पक्षमा हात पर्ने तयारीमा रहेको एमाले अध्यक्ष करवीर शाही बताउँछन् ।
उता, एकताको सन्देश र केन्द्रका नेताकोे पकड भएको जिल्ला जाजरकोट भन्दै माओवादी केन्द्रले स्थानीय चुनाव परिणाम आफ्नो पक्षमै हुने केन्द्रका नेता सिंहको भनाई छ । सिंहका अनुसार अन्य दललाई चुनाव जित्न धेरै मेहनत गर्नुपर्ने भएपनि आफुहरुलाई खासै समस्या छैन ।





परिवर्तनपरिवर्तन इमोसनइमोसन