Advertize with us.............

नारायणगढ–मुग्लिन सडक दैनिक ६ घण्टा बन्द


नारायणगढ–मुग्लिन सडक खण्ड मंगलबारदेखि दैनिक ६ घण्टा बन्द गरिएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गरेर सडक बन्द हुने समय तालिका सार्वजनिक गरेको हो । 

यस अघि दैनिक दिउँसो साढे चार घण्टा बन्द हुँदै आएको सडक खण्ड मंगलबारबाट दैनिक ६ घण्टा बन्द गर्न थालिएको हो ।
सो सडक खण्डलाई एशियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउने काम भइरहेको छ । मंगलबारदेखि अर्को सूचना नआउँदासम्म सडक ६ घण्टा बन्द हुने आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी शिव खनालले जानकारी दिए ।
उनका अनुसार दिउँसो १० बजेदेखि ४ बजेसम्म सो सडक बन्द हुनेछ ।उक्त समयमा सकेसम्म बैकल्पिक सडक मार्ग प्रयोग गर्न पनि आयोजनाले सबैमा अनुरोध गरेको छ । सडक विस्तारको कामलाई तिब्रता दिन सवारी संचालनमा केही समय रोक लगाइएको पनि खनालले स्पष्ट पारे ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस