Advertize with us.............

सिमा मिच्दै खनेको कुलो एसएसबीले पुर्‍यो

 नेपाल-भारत छुटउने अन्तर्राष्ट्रिय सीमानामा पर्ने दशगजा मिचेर एसएसबीले खनेको कुलो स्थानीय प्रशासनको दबावमा पुरिएको छ । एसएसबीले नेपाली तर्फको करिब २५ मिटर सीमा अतिक्रमण गर्दे कलभटबाट कुलो खनेको थियो । 
एसएसबीले पानी निकासका लागि खनेको जानकारी स्थानीय प्रशासनलाई दिएको थियो । बर्दिया मधुवन- ५ स्थित ७५ देखि ७७ बीचको सीमा स्तम्भ मिच्दै नेपाली भुभागमा एसएसबीको सहयोगमा भारतीय वनका कर्मचारीले खाडल खनेका हुन । 
घटनाको जानकारी थाहा पाउना साथ सदरमुकाम गुलरियाबाट प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापा,सशस्त्र प्रहरी उपरिक्षक तारा पन्त लगायतका सुरक्षाकर्मी त्यस तर्फ गएका थिए । स्थानीय प्रहरी प्रशासनको दवावपछि एसएसबी र भारतीय वनकर्मीले खाडल पुरेको प्रजिअ थापाले बताए । भारतीय सुरक्षाकर्मीले करिब २५ मिटर खाडल स्काईभेटरबाट खनेका थिए । 
दबावमा आएपछि उनिहरुले खाडल खन्न ल्याएको उक्त स्काईभेटरबाट खाडल पुरिएको थियो ।


अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस