नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीले उपप्रधान तथा संघीय मामिला तथा स्थानीयमन्त्री कमल थापासँग भेटवार्ता गरेका छन् ।
शनिबारमात्रै नेपालमा भारतीय राजदूतको जिम्मेवारी सम्हाल्न आएका सिंहले थापालाई सिंहदरबार स्थित मन्त्रालयमै पुगेर मंगलबार अपरान्ह भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा आपसी परिचय, दुई देशबीचको सम्बन्ध सुधारका साथै नेपालको विकासको लागि भारतले गर्न सक्ने सहयोगका विषमया छलफल भएको भारतीय दूताबास स्रोतले जनाएको छ ।
यस्तै भेटका क्रममा नजिकिदै गरेको स्थानीय तहको चुनावका विषयमा समेत छलफल भएको बताइएको छ । करीब एक घण्टा लामो भएको भेटवार्ता सौहार्दपूर्ण रुपमा सम्पन्न भएको राप्रपाका सहयक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
आइतबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका पुरीले सोहि दिन कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए भने सोमबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए ।
पुरीले देउवालाई भेटेको खबर भने उनको सचिवालयले गोप्य राखेको भएपनि दूताबासले देउवासँग पुरीको पहिलो भेट भएको प्रष्ट पारेको थियो ।
यसअघिका राजदूत रञ्जित रेको नेपाल बसाई विवादास्पद गरेको सन्दर्भमा पुरीको भूमिका कस्तो रहनेछ भन्नेमा धेरैमा चासो रहेको छ ।

परिवर्तनपरिवर्तन इमोसनइमोसन