Advertize with us.............

किरात याक्थुङ चुम्लुङ कतारको नवौ महाधिवेशन

किरात याक्थुङ चुम्लुङ कतारको नवौ महाधिवेशनले राजेन्द्र सामेखामको नेतृत्वमा  नयाँ कार्यसमिति चयन गरेको छ । 
कार्यसमितिको वरिष्ठ उपाध्यक्ष हर्क खजुम, प्रथम उपाध्यक्ष बम वहादुर चेम्जोङ्ग, द्धितीया उपाध्यक्ष हरीभक्त जबेगु, महासचिव सागर तुम्बाहाङफे, सचिव बिजय लक्सम, बिमल सिगु, अबिन्द्र मादेन, नगेन पाक्साावा, कोषाध्यक्ष देउकुमार नेम्बाङ्ग, सहकोषाध्यक्ष नन्दराज लोवा छन् । 

सदस्यहरु बिष्णु प्रकाश केरुङ्ग, बिशाल आङबो, राज आङ्ला, चन्द्र  आङदेम्बे, बबिता तुम्बापो, बसन्त सिगु, मनमाया लावती, योगेन्द्र आङ्ला, तिर्थ वहादुर लिम्बु, सुमन योङहाङ्ग, योगेद्र आङखेवा (झमक), हेम कुमार लिबाङ्ग, अम्बिका शुहाङ्ग रहेका छन् । निर्बाचन समितिमा संयोजक लोकेन्द्र तुम्रोक, सदस्य दिल किरण खजुम, गणेश थक्लुङ्ग, किरण लिङदेन र श्यामसुहाङ्ग हुक्पा चोङवाङ्ग रहेका थिए । 
किरातका अध्यक्ष मनकुमार आङवोको अध्यक्षतामा नवौ महाधिवेशन  सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका कार्यबाहक अध्यक्ष अध्यक्ष पुरुषोत्तम सुनुवार, एनआरएनए एनसीसी कतारका अध्यक्ष बिनेश तामाङ, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका प्रमुख सल्लाहकार सियाराम चौधरी, किरात याक्थुङ चुम्लुङ कतारका प्रमुख सल्लाहकार लोकेन्द्र कुमार तुम्रोक र  विशेष सल्लाहकार दिलकिरण खजुम, पाँचथर सेवा समाजका संरक्षक चन्द्र न्यौपाने, तेह्रथुम सेवा समाजका अध्यक्ष सन्तोष खडका, ईलाम सेवा समाजका सदस्य सन्तोष राई, नेपाल मगर संघ कतारका अध्यक्ष महेन्द्र थापा, नेपाल प्रवासी तामाङ समाज कतारका अध्यक्ष थर्चा लामा, किरात राई यायोख्खा कतारका अध्यक्ष एकराज राई, माझी सेवा समाजका सचिव धन व. माझी, नेवा पु:च कतारका अध्यक्ष उपेन्द्ररत्न शाक्य, थारु कल्याणकारिणि सभा च्याप्टर कतारका उपसभापति श्यामलाल चौधरी, प्रवासी भुजेल सेवा समाजका कोषाध्यक्ष मान बहादुर भुजेल, धनुषा सेवा समाजका अध्यक्ष राम कुमार मण्डल, दलित नेपाली एकता समाजका अध्यक्ष श्याम नेपाली लगायतकाले शुभकामना मन्तब्य दिएका थिए ।
संस्थामा विशेष योगदान दिनेहरु संस्थाका प्रमुख सल्लाहकार लोकन्द्र कुमार तुम्रोक, बिशेष सल्लाहकार दिल किरण खजुम, नरेन्द्र एभेङ्ग, सल्लाहकार गणेश थक्लुङ, केवल पाहिम, विमल सिगु, किरण लिङ्देन, श्यामसुहाङ हुक्पा चोङवाङलाई (पगरी) लगाई सम्मान गरिएको थियो । महासंघमा आवद्ध सम्पुर्ण मातृसंस्थालाई कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रममा कलाकारहरुले लिम्बु संस्कृतिको च्यावु्रङ नाच (केलाङ नृत्य) प्रस्तुत गरेका थिए । 
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस