Advertize with us.............

प्रिमियर कलेज

इटहरी । सुनसरीको इटहरीमा सञ्चालित प्रिमियर होटल कलेज नयाँ भवनमा विस्तार गरिएको छ । धरान रोडमा रहेको कलेज करिब पाँच सय मिटर उत्तर पश्चिममा सरेको हो । पुरानो स्थानमा होटल भने यथावत् छ । सो भवनमा होटल तथा लज सञ्चालन गरिने कलेजका सञ्चालक सुनिल भुषालले जानकारी दिए ।
नयाँ भवनमा व्यवस्थित कफी सपका साथै होटल र कलेजसमेत सञ्चालन गरिनेछ । अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय होटल म्यानेजमेन्ट पढाउने उद्धेश्यले स्कुल सञ्चालनमा ल्याइएको होटल प्रिमियर कलेजमा १ वर्षे डिप्लोमा स्तरको होटल व्यवस्थापन विषयसँगै अन्य छोटो र लामो अवधिका विषयको पढाइ हुने गरेको छ । एक वर्षे कोर्ष लिने विद्यार्थीको लागि विदेशका विभिन्न होटलहरुमा ६ महिने इन्र्टनसिपको समेत व्यवस्था गरेको उनले बताए ।
विदेशमा रोजगारीका लागि जान चाहने युवाहरुको लागि पनि आवश्यकताअनुसारको कोर्ष गराइरहेको उनले बताए । कुक, हाउस किपिगं, कफि मेकिङ, बेकरीलगायतका कोर्षहरु सञ्चालन गरीरहेको उनको भनाई छ ।
कक्षा सञ्चालनका लागि अन्तराष्ट्रिय स्तरको ल्याबको पनि व्यवस्था गरिएको छ । स्कुलले आफ्नै छुट्टै सुविधा सम्पन्न रेष्टुरेन्ट तथा बारसमेत सञ्चालनमा ल्याएको छ । अब कलेजसँग सुविधासम्पन्न कफी हाउस, क्याफे, लज तथा बारसमेतको कलेज हुने भएको छ ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस