इटहरी । सुनसरी र मोरङ्ग जिल्लाको मध्य तथा उत्तरी क्षेत्रमा आज राती आएको हुरीबतास र असिना पानीका कारण ठूलो नोक्सानी भएको पीडितहरुले बताएका छन । ठूलो परिमाणमा परेको असिनाका कारण अन्नवाली फलफूल तथा जङ्गली चराचुरुङ्गी समेत धेरै मरेको पाईएका छन ।
राती चट्याङ्ग परेसँगै आएको हावाहुरी र असिनाले पाक्दै गरेको गहुँवाली मकै सुपारीमा धेरै नोक्सानी पुगेको छ भने घरमा लगाईएको कर्कटपाताको छानो समेत
प्वालैप्वाल पारेको इटहरी २ का पीडित किसानहरुले बताएका छन ।
इटहरी उपमहानगरपालिका २,३ १९ र २० नम्वर वडा अर्थात चारकोशे जङ्गल दक्षिणको वस्ती हुँदै मोरङ्ग जिल्लाको साविक सुन्दरपुर हुँदै मृर्गौलिया गाविस क्षेत्रमा आएको असिना र हुरीले करोडौको नोक्सानी भएको किसानहरुले बताएका छन ।
साविक सुन्दरपुर ४ का पीडित किसान बीरवहादुर पौडेलका अनुसार वि.सं. २०१७ सालमा आएको असिना पानी झै यो बर्ष त्यो भन्दा बढि असिना आएको र खेतमा भएका फर्सीका लहरा, सुपारी लिचि, आँप लसुन प्याज तथा अन्य तरकारीमा समेत पुरै नोक्सानी पारेको र पाक्नै आँटेका गहुँवाली पनि खेतैमा सखाप भएका छन ।
यता इटहरी २ मा बसोवास गर्दै आएका सञ्चारकर्मी समेत रहेका पवनविवश अधिकारीले जङ्गली पङ्क्षीहरु समेत असिनाले हानेर मरेको र थुप्रै जङ्गली चराचुरुङ्गी पनि असिना पानी र हुरीमा परेको पाईएको जानकारी दिएको छ । हुरी बतास र असिनाका कारण बीरबहादुर सुब्वा रोशन अधिकारी कुलबहादुर निरौला ध्रुव नेपाल लगायतको घरमा ठूलो नोक्सानी पुगेको छ ।
उता सुन्दरपुरमा रहेको नयाँ बृन्दाबन गौशाला क्षेत्रमा रहेको गाईगोठमा पनि हुरी बतास र असिना पानीले ठूलो नोक्सानी पुगेको पण्डित दिनबन्धु शास्त्री जी महाराजले जानकारी दिदै त्यस आसपासका क्षेत्रका किसानहरुको पनि ठूलो नोक्सानी पुगेको जानकारी दिएको छ ।
हुरी बतास र असिनाले पु¥याएका नोक्सानीका विषयमा सोधखोज र नोक्सानी भएका विषयमा जानकारी लिने काम भई रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले नोक्सानी विवरण आएपछि तत्कालै दैवी प्रकोप उद्धार समितिका बैठक कसेर के कस्तो सहयोग गर्न सकिन्छ भन्ने विषयमा निर्णय लिईने जानकारी दिए ।

परिवर्तनपरिवर्तन इमोसनइमोसन