सत्र वर्षदेखि साङ्लोमा बाँधिएका बाह्रदशी गाउँपालिका– ३ राजगढका १९बर्षीय लीला चम्लागाईं उपचारपछि आज घर फर्किनु भएको छ। मानसिक सन्तुलन गुमेपछि लीलालाई उहाँको परिवारले १७ बर्षदेखि घरमा नै साङ्लाले बाँधेर राखेको थियो।
राष्ट्रिय समाचार समिति (रासस)ले फागुन ३० गते १७ बर्षदेखि साङ्लोमा लीलाप्रसाद शीर्षकमा तस्बीर सहितको समाचार प्रकाशन गरेपछि बिभिन्न सञ्चार माध्यममा सो समाचार प्रकाशन प्रशारण भएको थियो। समाचार सार्वजनिक भएपछि उहाँको विर्तामोडस्थित बिएन्डसी अस्पतालले निःशुल्क उपचार गर्ने घोषणा गरेको थियो।

अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईं, मानसिक रोग बिशेषज्ञ डा सन्दिप बर्मा र सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद तिवारीलगायत टोलीले चम्लागाईंको घरमै पुगेर लीलालाई उपचारका लागि अस्पताल ल्याएको थियो।

चैत १ गते अस्पताल भर्ना भएका लीलाको सम्पूर्ण औषधि उपचार अस्पतालले निःशुल्क गरेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिष गिरीले बताउनुभयो। दुई सातासम्म अस्पतालमा डा बर्मासहितको चिकित्सक टोलीले उहाँको उपचारपछि आज लीलालाई एक समारोहको गर्दै घर फर्काइएको छ।

सो अवसरमा उहाँको उपचारमा संलग्न चिकित्सक बर्माले लीलालाई अब साङ्लोले बाध्नु नपर्ने बताउनुभयो। उहाँमा बुद्धिको बिकास नभएको र छारे रोगका कारण यस्तो समस्या देखिएको भन्दै उहाँले केही समयसम्म लीलाले निरन्तर औषधि सेवन गर्नुपर्ने बताउनुभयो।
२०५४ सालमा जन्मिनुभएका लीला बाल्य अवस्थादेखिनै बोल्नुहुन्न थियो। उहाँको दाँहिने हातसमेत नचल्ने र टोलाईरहने स्वभावका उहाँ अहिले सबै कुरा बुझ्नसक्ने भएको उहाँकी आमा जानुकाले बताउनुभयो। उपचारपछि छोरो निको भएको भन्दै उहाँले उपचारमा सहयोग पु¥याउने सबैलाई धन्यवाद दिनुभएको छ।
अस्पतालका प्रबन्ध निर्देशक प्रसाईंले लीलाको उपचारमा लागेका सम्पूर्ण खर्च अस्पतालले नै व्यहोरेको र अब लाग्ने सम्पूर्ण औषधिसमेत अस्पतालले निःशुल्क प्रदान गर्ने बताउनुभयो।
रासस
रासस




परिवर्तनपरिवर्तन इमोसनइमोसन