Advertize with us.............

नेविसंघ महामन्त्रीद्वारा गृहमन्त्रीको राजीनामा माग

सत्तारुढ कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दन काफ्लेले आफ्नै कार्यकर्ताको समेत सुरक्षा गर्न नसकेकोभन्दै गृहमन्त्री विमलेन्द्र निधीको राजीनामा मागेका छन् । 
कांग्रेसका युवा नेता रविन्द्र सम्शेर शाहको हत्याको विरोधमा आयोजित सभालाई संबोधन गर्दै उनले आफ्नै कार्यकर्ताको सुरक्षा गर्न नसक्ने गृहमन्त्रीले कुर्सी छाड्नुपर्ने बताए । उनले भने, ‘गृहमन्त्री कस्को सुरक्षा गर्नु हुन्छ ? आफ्नो मात्र वा जनताको पनि ? नागरिकको सुरक्षा गर्न नसक्ने गृहमन्त्री काँग्रेसलाई चाहिँदैन ।’ 

प्रहरीदेखि ५ सय मिटरको दुुरीमा शाहको हत्या हु‘दा हत्यारा सजिलै भाग्न सफल भएकोभन्दै काफ्लेले प्रहरीलाई बन्दुक बोक्ने अधिकार नभएको बताए । उनले शाहलाई अबिलम्ब सहिद घोषणा गर्न र परिवारलाई क्षतीपुर्ति दिन सरकारसँग माग समेत गरे । 
नेविसंघले शुक्रबारसम्म हत्यारालाई सार्वजनिक नगरे आन्दोलन चर्काउने चेतावनी दिएको छ । केन्द्रिय कार्यक्रम अनुसार, ३ दिनको अल्टिमेटमभित्र हत्यारा सार्वजनिक नगरे प्रहरी प्रशासनविरुद्ध आन्दोलन केन्द्रित हुने महामन्त्री काफ्ले बताए । 
विरोध कार्यक्रममा कांग्रेस जाजरकोटका नेता बेदराज सिंहले स्थानीय तहको निर्वाचनको मुखैमा युवा नेताको हत्या गर्नु समग्र काँग्रेस पार्टीमाथिको प्रहार भएको बताए । शाहको हत्याले काँग्रेसलाई अपुरणीय क्षती पुगेकोभन्दै उनले कार्यकर्तालाई विचलित नहुन आग्रह गरे । जिल्लाको शान्ति सुरक्षा फितलो भएकोप्रति आक्रोश पोख्दै नेता सिंहले हत्यारालाई अविलम्ब कानुनी कठघरामा नल्याईए कॉग्रेस आन्दोलनमा उत्रिने चेतावनी दिए ।

टुहुरालगायत विद्यार्थीलाई छात्रबृित्त उपलब्ध गराउने निर्णय भएको महामन्त्री काफ्ले बताए । त्यस्तै, उपाध्यक्ष खड्ग डॉगीको संयोजकत्वमा रविन्द्र हत्याबारे छानबिन समिति गठन गरेको छ । उपाध्यक्ष डाँगीले बिहीबारदेखि जाजरकोटमा रहेर विभिन्न पक्षसंगको सोधपुछ गर्दै हत्या छानविन सुरु गरेको बताए ।
 
मंगलबार अपरिचत ब्यक्तिले ढुंगाले हानेर हत्या गरीएका शाहको विहीवार अन्त्यष्टी गरिएको छ । काँग्रेस पार्टी कार्यालयमै शाहको पार्थिव शरीरमा अन्तिम श्रद्धान्जलीको कार्यक्रम राखिएको थियो । श्रद्धान्जली  कार्यक्रममा महामन्त्री काफ्ले सांसद राजिवविक्रम शाह र कार्यबाहक सभापति सर्पराज रावतले पार्टीको झण्डा ओढाएर श्रद्धान्जली दिए । श्रद्धान्जली तथा शव यात्रामा सयौं कार्यकर्ता तथा शुभचिन्तक सहभागिता भए । 
भेरी नगरपालिका ३, थाप्लेका काँग्रेस नेता ३६ बर्षीय शाहको मंगलबार ७/८ जनाको समुहमा रहेका अपरिचत ब्यक्तिको ढुंगा प्रहारबाट हत्या भएको थियो । उनीसँगै रहेका हिटलरसिंह राठौरले भागेर ज्यान जोगाएको बताएका छन् । स्थानीय पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष रहेका शाह सामाजिक अगुवा मानिन्छन् । 
प्रहरी नायव उपरीक्षक भावेश रिमालले फरार अभियुक्तको पहिचान गरी सार्वजनिक गरिने बताए । अनुसन्धानका लागि भन्दै प्रहरीले रुकुमका बालकृष्ण बुढा, नरबहादुर पुन, जाजरकोटका डम्बरबहादुर सिंह, खगेन्द्र सिंह, किरण पुन, भीमबहादुर खत्री, फलेन्द्र सुनार, दीपेन्द्र शाही, शाहका सहयोगी राठौर लगायतलाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको उनले जनाए । 
‘अनुसन्धानका लागि ल्याएका छौं । तर, अहिलेसम्म कुनै पनि विवरण खुल्न सकेको छैन’ रिमालले भने । हत्याको अनुसन्धान तथा सत्य(तथ्य पत्ता लगाउन भेरी अंचल प्रहरी प्रमुख एसएसपी महेशविक्रम शाह लगायतको टोली जाजरकोटमा आएको 

अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस