राष्ट्रिय प्रजातन्त्र पार्टीले १४ अञ्चलका मूख्य शहरमा आगामी बैशाख १० गतेभित्र चुनावी सभा गर्ने निर्णय गरेको छ । राप्रपाको आज बसेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले १४ वटै अञ्चलका मूख्य शहरमा चुनावी सभा गर्ने निर्णय गरेको हो । मेचीको दमक, कोशीको इटहरी, सगरमाथाको लहान, जनकपुरको बर्दिबास, नारायणीको भरतपुर, बाग्मतीको धादिङ, गण्डकीको स्याङ्जा, लुम्बिनीको भैरहवा, राप्तीको दाङ, भेरीको नेपालगञ्ज, सेतीको धनगढी र महाकालीको बैलौरीमा सभा गर्ने निर्णय भएको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो । यस्तै बैठकले स्थानीय निर्वाचनका लागि अञ्चलगत रुपमा १४ वटै अञ्चलमा संयोजक पनि तोकेको छ । मेचीमा राजेन्द्र लिङ्देन, कोशीमा सुनिल थापा, सगरमाथामा रामचन्द्र राय र राजेन्द्र गुरुङ, जनकपुरमा आङछिरिङ शेर्पा, नारायणीमा राजीव पराजुली, वागमतिमा बुद्धिमान तामाङलाई संयोजकको जिम्मेवारी दिएको राप्रपाले जनाएको छ । यस्तै गण्डकीमा हेमजङ्ग गुरुङ, धौलागिरीमा भीमप्रसाद गौचन, लुम्बिनीमा ध्रुब बहादुर प्रधान, राप्तिमा मनोज प्रधान, भेरीमा प्रेम बहादुर भण्डारी, कर्णालीमा धन बहादुर बुढा, सेतीमा चन्द्र बहादुर गुरुङ र महाकालीमा जयन्त चन्दलाई संयोजकको जिम्मेवारी दिइएको प्रवक्ता पाठकले जानकारी दिनुभयो ।राप्रपाले बैशाख १० गतेभित्र चुनावी सभा सक्ने
राष्ट्रिय प्रजातन्त्र पार्टीले १४ अञ्चलका मूख्य शहरमा आगामी बैशाख १० गतेभित्र चुनावी सभा गर्ने निर्णय गरेको छ । राप्रपाको आज बसेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले १४ वटै अञ्चलका मूख्य शहरमा चुनावी सभा गर्ने निर्णय गरेको हो । मेचीको दमक, कोशीको इटहरी, सगरमाथाको लहान, जनकपुरको बर्दिबास, नारायणीको भरतपुर, बाग्मतीको धादिङ, गण्डकीको स्याङ्जा, लुम्बिनीको भैरहवा, राप्तीको दाङ, भेरीको नेपालगञ्ज, सेतीको धनगढी र महाकालीको बैलौरीमा सभा गर्ने निर्णय भएको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो । यस्तै बैठकले स्थानीय निर्वाचनका लागि अञ्चलगत रुपमा १४ वटै अञ्चलमा संयोजक पनि तोकेको छ । मेचीमा राजेन्द्र लिङ्देन, कोशीमा सुनिल थापा, सगरमाथामा रामचन्द्र राय र राजेन्द्र गुरुङ, जनकपुरमा आङछिरिङ शेर्पा, नारायणीमा राजीव पराजुली, वागमतिमा बुद्धिमान तामाङलाई संयोजकको जिम्मेवारी दिएको राप्रपाले जनाएको छ । यस्तै गण्डकीमा हेमजङ्ग गुरुङ, धौलागिरीमा भीमप्रसाद गौचन, लुम्बिनीमा ध्रुब बहादुर प्रधान, राप्तिमा मनोज प्रधान, भेरीमा प्रेम बहादुर भण्डारी, कर्णालीमा धन बहादुर बुढा, सेतीमा चन्द्र बहादुर गुरुङ र महाकालीमा जयन्त चन्दलाई संयोजकको जिम्मेवारी दिइएको प्रवक्ता पाठकले जानकारी दिनुभयो ।



परिवर्तनपरिवर्तन इमोसनइमोसन