जीवन फुयल
इटहरी÷राप्रपा नेपालका बरिष्ठ नेता तथा पूर्वमन्त्री साँसद रामकुमार सुब्बाले इटहरी उपमहानगरपालिका ५ को जनता बस्तीमा इटहरी नमुना पुस्तकालय भवनको सिलान्यास गरेका छन ।
एक बर्षअघिदेखि पुस्तकालय सबङ्कलन अभियानमा रहेको इटहरीका उत्साहित सञ्चारकर्मी एवम अभियानकर्मीहरुको सक्रियतामा सङ्कलन गरेर पुस्तकालय स्थापना भएको थियो । पुस्तकहरुलाई ब्यवस्थित ढङ्गले सवैले बसेर पढ्न पाउने अवसरका लागि पुस्तकालय भवन निर्माण गर्न लागिएको हो ।
जनता बस्तीको रक्तमाला विद्यालयको प्राँगणमा रहेको जमिनमा ३० लाख रुपियाँको लागतमा तीन तले पुस्तकालय भवन निर्माण गर्ने योजना रहेको बताईएको छ । उक्त पुस्तकालय भवन निर्माणका लागि उद्योग बाणिज्य सङ्घ इटहरीको अध्यक्ष लीलम बस्नेतले आवश्यक इटा उपलब्ध गराउने भएको छ ।
यसैगरी इटहरी उपमहानगरपालिकाले त्यसका लागि ५ लाख तथा साँसद रेवतीरमण भण्डारीले २ लाख तथा अन्य विभिन्न स्रोतबाट सहयोग सङ्कन गरी पुस्तकालय भवन निर्माण गरेर युवाहरुलाई पुस्तक अध्ययनप्रति लगाव सिर्जना गर्न र पठन संस्कृति विकास गर्ने अभियानको मुख्य लक्ष्य राखिएको बताईएको छ ।
अभियन्ता देवीप्रसाद चौलागाईको अध्यक्षतामा भएको पुस्तकालय सिलान्यास समारोहमा साँसद रामकुमार सुब्बा इटहरी उपमहानगरपालिकाका कार्यकारीअ अधिकृत टीकादत्त राई,रामु पोख्रेल लगायतको सहभागिता रहेको थियो ।

परिवर्तनपरिवर्तन इमोसनइमोसन