मोरङ– स्ववियु निर्वाचन रोक्न कसैले नसक्ने अखिल क्रान्तिकारीका नेताहरूले वताएका छन् । उनीहरुले अब उमेरहदको विरोध गर्नेलाई कलेजका फ्रेस विद्यार्थीले माफी नदिने दावी समेत गरे ।
आज विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा आयोजित स्ववियु केन्द्रीत विशेष कार्यक्रममा वोल्दै अखिल(क्रान्तिकारी)का उपाध्यक्ष रञ्जित तामाङले भने ’खवरदार अब स्ववियु निर्वाचनलाई असर पार्ने गतिविधि कसैले नगरोस् ।’
त्रिभुवन विश्वविद्यालयले निर्वाचन तालिका र आचारंहिता समेत जारी गरिसकेको वताउंदै नेता तामाङले भने’ सहमति भैसकेको उमेरहदको विषयलाई वल्झाएर चुनावको माहौल विगार्ने छुट कसैलाई छैन ।’
त्रिविका एकहजार कलेजका २८ वर्षमुनिका करिव ४ लाख विद्यार्थी चुनावमा होमिसकेका हुनाले गैरविद्यार्थीले उमेरहद मान्दिन भन्नुको कुनै तुक नभएको तामाङले जिकिर गरे। कार्यक्रममा अखिलक्रान्तिकारीका नेता एवं १ नं. प्रदेश इन्चार्ज चिरञ्जीवी लामिछाने र संयोजक तिलक बस्नेतले आसन्न स्ववियु चुनावमा अखिलक्रान्तिकारीपहिलो





परिवर्तनपरिवर्तन इमोसनइमोसन