इटहरी १९ माघ ।
श्रमजीवि पत्रकारहरुका पक्षमा आफुले पटक पटक आवाज उठाउँदा पनि श्रमजीवि पत्रकार ऐन लागु हुन नसकेको र यसका लागी नेपाल पत्रकार महासंघले पनि आवश्यक समन्वय गर्न नसकेको नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गणेश लम्सालले बताएका छन । सुनसरीको इटहरीमा रहेको पाथिभरा एडभरटाईजिगं प्रा.लि को तेस्रो बार्षिकोत्सव कार्यक्रमको उदघाटन गर्न इटहरी पुगेका लम्सालले पछिल्लो समय सहकारीका नेता र राजनीतिक दलका नेता समेत पत्रकारहरको नेता बनेर हिँडने गरेका कारण पनि समस्या भएको बताएका छन । उनले पत्रकार महासंघलेनै श्रमजिबि पत्रकारका पक्षमा दोधारे भएका कारण पनि कार्यान्वयनमा समस्या आएको दबि समेत गरेका छन । कार्यक्रममा नेपाल पत्रकार महासंघका सल्लाहकार किशोरकुमार कार्कीले पत्रकारहरुको हकहितका लागी मिडिया हाउसहरुले ध्यान दिनुपर्ने र श्रमजीवि पत्रकार ऐन लागु गराउनु पर्ने बताए । कार्यक्रममा अन्य बक्ताहरुले समेत श्रमजीवि पत्रकार ऐन लागु नभएको गुनासो गरेका थिए । पुर्वको सबैभन्दा बढी कारोबार गर्ने पाथिभरा एडभरटाईजिगं प्रा.लिको बार्षिकोत्सवका अबसरमा प्रेस युनियनका पुर्बाञ्चल सचिब धन बहादुर पुरी, प्रेस युनियन सुनसरीका पुर्ब अध्यक्षहरु चेतन धमाला,सालिग्राम पाण्डे, पुर्वेली न्युजका प्रबन्ध निर्देशक सुरेशचन्द्र दहाल लगायतले शुभकामना मनतब्य राखेका थिए । कार्यक्रममा प्रा.लिका अध्यक्ष एवम कार्यकारी निर्देषक पवन अधिकारीले बिज्ञापनको आवस्यक्ता र यसको भबिश्यका बारेमा प्रष्टयाएका थिए । उनले बिज्ञापन एजेन्सिहरुलाई ब्यावस्थित गरेमा मात्र सञ्चारमाध्यमहरु शशक्त बन्दै जाने कुरामा जोड दिएका छन । कार्यक्रममा प्रा.लि का निर्देशक युरेन प्याकुरेलले स्वागत मनतब्य राखेका थिए

परिवर्तनपरिवर्तन इमोसनइमोसन