Advertize with us.............

नेपालमा पहिलो पटक लघु उद्यम दर्ता

इटहरी÷ नेपाल सरकारले हालै जारी गरेको औद्योगिक ऐन २०७३ मा व्यवस्था भए वमोजिम सुनसरी जिल्लाका १२ जना लघु उद्यमीहरुलाई नेपालमानै पहिलो पटक विधिवत रुपमा लघु उद्यमीका रुपमा घरेलु तथा साना उद्योग कार्यालय सुनसरीले दर्ता गरेको छ । दर्ता भएका उद्यमीहरुमा जुट झल्ला, वुटीक, सिलाईकटाई र दालमोठ भुजिया उद्यमी रहेका छन् ।
पहिलो पटक नेपालमा लघु उद्यमीको पहिचान सहित जारी भएको औद्योगिक ऐन २०७३ ले लघु उद्यमीहरुको निःशुल्क दर्ताको व्यवस्था गरेको छ । सोही व्यवस्था वमोजिम लघु उद्यमीहरु निशुल्क रुपमा दर्ता भएका हुन् । सहीद सप्ताहको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय, सुनसरीको आयोजना र लघु उद्यम विकास कार्यक्रम, विराटनगर तथा जिल्ला लघु उद्यमी संङ्घको सहजीकरणमा दुहवीभलुवाका ती उद्यामीहरु दर्ता भएका हुन । घरेलु तथा साना उद्योग कार्यालय, सुनसरीका प्रमुख उद्योग अधिकृत अर्जुन निरौलाको अध्यक्षता र लघु उद्यम विकास कार्यक्रम विराटनगरका क्षेत्रीय कार्यक्रम सहयोग प्रवन्धक प्रेमराज न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । औद्योगिक ऐन २०७३ मा लघु उद्यम सम्वन्धमा भएको व्यवस्थाको विषयमा प्रमुख अतिथिले प्रकाश पारेकाथिए । प्रमुख उद्योग अधिकृत अर्जुन निरौलाले लघु उद्यमको दर्ता र यसको महत्वका विषयमा बताएका थिए । लघु उद्यमीहरुको तर्फवाट जिल्ला लघु उद्यमी संङ्घ सुनसरीका सचिव माधुरीदेवी सिंहले लघु उद्यम निशुल्क रुपमा दर्ता हुने व्यवस्था ऐनमा भएकोले अव लघु उद्यमी सजिलै दर्ता हुने कुरा वताए । सोही क्रममा जिल्ला लघु उद्यमी संङ्घका व्यवस्थापक दिवेशकुमार चौधरीले अव जिल्ला लघु उद्यमी संङ्घ सुनसरीले लघु उद्यम दर्तालाई अभियानको रुपमा लाने वताए
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस