पार्टीभित्र आफ्नै किसिमको विशिष्ट प्रभाव राख्नुहुने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सुरेश आचार्यले पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागको जिम्मेबारी सम्हाल्दै आउनुभएको छ । झण्डै तीन दशकदेखि पत्रकारिता र सामाजिक अभियन्ताका रुपमा क्रियाशील आचार्य कतिपय विषयमा पार्टीको मूलधारभन्दा स्वतन्त्र बिचार राख्नसक्ने हक्की स्वभावका व्यक्ति मानिनुहुन्छ । उहांसंग गरीएका कुराकानीः
मुलुकको पछिल्लो राजनीतिक परिदृष्यलाई कसरी नियाल्नु भएको छ ?
नेपाल यतिबेला इतिहासकै सबैभन्दा कठिन परिस्थितिबाट गुज्रिरहेको छ । त्यो किन भने, मुलुकको सार्वभौमिक अखण्डता, राष्ट्रियता, नेपालीहरु बीचको एकता र सामाजिक सद्भावमाथि गंभीर चुनौतिहरु आएका छन् । राजतन्त्रकालीन समयमा भन्दा पनि डरलाग्दो रुपमा बढेको भ्रष्टाचार र जनतामा गणतन्त्र आएपछि विकासको जुन आकांक्षा थियो, त्यसमा भएको तुषारापातले मुलुक धरापमा पुगेको हो ।
नेतृत्वदायी पदमा बसेका व्यक्ति, खासगरीकन केही बेइमान राजनीतिज्ञहरु दलगत वा व्यक्तिगत स्वार्थमा लिप्त भएका कारण आजको विषम परिस्थिति उत्पन्न भएको हो । प्रधानमंत्री र मंत्री बन्ने बाहेक यिनीहरुलाई मुलुक र जनताको हितका बारेमा कुनै चिन्तन र मतलब देखिन्न । आज यी जति पनि जटिलताहरु आएका छन्, ती कुनै अमुक व्यवस्थाका कारण आएका होइनन् । बिगत ५० वर्षमा पंचायत, बहुदल र गणतन्त्र हुँदै तीनवटा राजनीतिक प्रणाली र सातवटा संविधान परिवर्तन भइसके, तर त्यसलाई व्यवस्थापन गर्ने सामथ्र्य हाम्रा नेतृत्वमा देखिएन । नेपालीले भोग्नु परेको दुर्भाग्य यही नै हो । देशमा अहिले दूरदृष्टि र विधीको शासनको खडेरी परेको छ । पंचायतकालमा विश्वको पाचौं ठूलो धान निर्यात गर्ने मुलुक नेपाल, अहिले बर्सेनि तीन खर्ब रुपैयां बराबरको चामल विदेशबाट आयात गर्छ ।
अब तपाई पत्रकार यसलाई के भन्नुहुन्छ ?
नेपालको आर्थिक विकास र समृद्धि हाम्रो आन्तरिक कारणले भन्दा पनि बाह्य कारणले प्रभावित भएको भनिन्छ नि त?
असंलग्नता, समदूरी र समानताको आधारमा परराष्ट्रनीति क्रियाशील गराइनुपर्ने हो । छिमेकी देशहरुसंगको सम्बन्धलाई निर्धारण गर्ने छिमेकनीति मसौदा नै गरिएको छैन । विदेशस्थित नेपाली दूताबासलाई कहीं नबिकेका पार्टीका अरौटे कार्यकर्तालाई थान्को लगाउने ठाउं बनाएपछि के–को आर्थिक कूटनीति ? हामीले बाह्य परिवेशलाई हाम्रो अनकूलन गराउने कूटनीतिक कुशलता र क्षमता राख्नुप¥यो । ओलीको सरकार रहेका बेला हाम्रो पार्टीका अध्यक्ष तत्कालीन उपप्रधानमंत्री तथा परराष्ट्रमंत्री माननीय कमल थापाले भारतसंग अघिल्लो सरकारको पालादेखि बिग्रिएको सम्बन्धमा सुधार ल्याउन र चीनसंंग ऐतिहासिक व्यापार तथा पारबाहन सम्झौता गराएर नेपालको राष्ट्रिय स्वाभिमानलाई उठाउनुभएको थियो ।
त्यसो हो भने आज मुलुकमा भएका सबै नेतृत्व असफल भयो ?
हो, यो एकदम गम्भीर विषय हो । नेतृत्व दिने व्यक्तिले मुलुकलाई जुन दृष्टिका साथ अगाडि बढाउनु पथ्र्यो त्यसो हुन नसकेकै हो । व्यक्तिगत र दलीय स्वार्थले संसारमा कुनै देशं पनि उभो लागेको छैन । हाम्रा नेताहरुमा दूरदृष्टि नै छैन । हिजो पृथ्वीनारायण शाहले व्यक्तिगत स्वार्थ राखेको भए नेपालको एकीकरण नै हुने थिएन, उनको दूर दृष्टिले गर्दा मुलुकको एकीकरण भयो । आजका नेताहरुले गरेको भ्रष्टाचार र निहीत स्वार्थलाई सम्झेर नै राजा महेन्द्र र वीरेन्द्रलाई जनताले सम्झन थालेका हुन् । नेपालको राष्ट्रियताको सुदृढीकरण र सामाजिक–आर्थिक रुपान्तरणको ‘टेक–अफ’ त महेन्द्रले नै गराएका हुन् । टंकप्रसाद आचार्य र विपी कोइरालाले पनि मुलुकलाई दूरगामी निर्णय दिने गरी काम सुरु गराएका थिए । तर अहिलेका नेतामा संकीर्ण स्वार्थमात्र देखियो, जनता र देशप्रति जिम्मेबारी देखिएन । अहिले राष्ट्रिय हितमा केही काम भएकै छैन । त्यसकारण जनताले अब गम्भीरतापूर्वक प्रश्न उठाउने काम गर्नुपर्छ । अब जनताले मतदानबाट पनि र अन्य अभिव्यक्तिबाट पनि नेतृत्वलाई प्रश्न उठाउने र चुनौति दिने बेला आएको छ । मैले त, आजका नवीन पुस्ता र जुनसुकै दलका युवा कार्यकर्तालाई प्रश्न उठाउने र चुनौति दिने ताकत देखाऔं भन्ने गरेको छु ।
जीवन शैलि
विविध
साहित्य
स्वास्थ्य
राजतन्त्र विनाको राप्रपाको कल्पना सम्म पनि गर्न सकिन्न – सुरेश आचार्य
Subscribe to:
Post Comments (Atom)




परिवर्तनपरिवर्तन इमोसनइमोसन