इटहरी÷दोस्रो इटहरीको बिद्यालयस्तरीय क्रिकेट खेलको उपाधी सेक्रेडहार्टले प्राप्त गरेको छ । सम्पन्न भएको अन्तिम खेलमा सक्रेडहार्टले नेपाल डिभिएम स्कुललाई ५ विकेटले हराउँदै उपाधी उचालेको हो ।
टस जितेर पहिलो फिल्डिङ गरेको सेक्रेटहार्ड स्कुलले नेपाल डिभिएम स्कुललाई ७८ रनमा रोकेको थियो । डिभिएम स्कुलले १५ ओभरमा ५ विकेटको क्षतिमा ७८ रनमात्र बनाउन सक्यो । डिभिएम स्कुलका लागि विजय रिजालले ३१ रन र सनम बस्नेतले १३ रन बाहेक अन्य ब्याटसम्यानहरुले दोहोरो अङ्क जोड्न सकेनन ।
सेक्रेटहार्डका लागि अभिनाष झाले १३ ओभरमा १२ रन दिएर २ र धीरेन राईले ३ ओभरमा १३ रन दिई ३ विकेट लिएका थिए । ७९ रनको झिनो रन पच्छ्याएका सेक्रेटहार्ड शुरुमा दवावमा रहे पनि खेलको म्यान अफ द फाईनल अभिनाष झाले ४३ रनको नट आउट इनिङ्ग खेलेर आफ्नो टिमलाई आफ्नो टिमलाई विजेता बनाएका थिए । उनको उक्त पारिको मद्दतले सेक्रेटहार्टले १२ ओभरमा ५ विकेट गुमाउँदै विजय लक्ष्य पुरा गरेको थियो ।
सेक्रेटहार्डका लागि सन्दिप खड्काले ६ बलमा २१ रन बनाएका थिए । डिभिएमका लागि प्रतियोगिताकै लागि बेष्ट बलर घोषित बिकल्प आचार्यले १ विकेट र शुभम चौधरीले १ विकेट लिएका थिए । प्रतियोगिताकै बेष्ट ब्याट्सम्यान र म्यान अफ द टुर्नामेण्टको उपाधी सेक्रेटहार्डका धिरन राई घोषित भएका थिए । विजेट टिमलाई ५ हजार र उपविजेता टिमलाई ३ हजार नगद तथा शिल्ड कप मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । उनीहरुलाई इटहरी उपमहानगरपालिकाका कार्यकारी अधिकृत टीकादत्त राईले प्रदान गरेका थिए ।
खेल क्रिकेट एकेडेमीको आयोजना तथा प्याब्सन सुनसरी इटहरी उपमहानगरपालिकाको विशेष सहयोगमा सम्पन्न भएको थियो खेलमा इटहरी उपमहानगरपािलका क्षेत्रको १४ स्कुलका सहभागिता थियो । प्रतियोगितामा सहभागि खेलाडीमध्ये १५ जना छनौट गरी बन्द प्रशिक्षणमा राखिने खेलाडीको पनि अन्तिम निर्णय गरिएको एकेडेमीका सचिव सीपी पौडेलले जानकारी दिए ।
Subscribe to:
Post Comments (Atom)




परिवर्तनपरिवर्तन इमोसनइमोसन