इटहरी÷किरात कला केन्द्र इटहरीको आयोजनामा विहिबार यहाँ किरात सस्कृति सम्वन्धि एक दिने अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । गायक जितेन राईको प्रमुख आतित्थ्यमा भएको सो कार्यक्रममा किरात थाक्थुम चुम्लुङ, किरात राई यायोख्खा, किरात सुनुवार सेवा समाज, नेपाल मगर मंङ्घ, नेपाल तामाङ घेदुङ, नेपाल माझि समाज, नेपाल थामी समाजको प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।सो अन्तरक्रिया कार्यक्रममा धिमाल जाति उत्थान, तमु हयुल छोँज धि गुरुङ , भुजेल समाज सेवा, राष्ट्रिय परिषद, थारु कल्याकारिणीसभा लगायत संस्थाको प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रममा, प्राचीन कालमा मानव सभ्यताको बिकास हुने क्रममा गरीदै आएको चलन चल्ती परम्परालाई नै मानिसहरुले सस्कारका रुपमा पालना गर्दै आएकाले त्यसलाई जातीय पहिचानका रुपमा संस्कार तथा संस्कृतिलाई जिवित राख्नु सवै जातजातीको दायित्व भएको कुरामा बिशेष जोड दिईएको थियो । अन्तरक्रिया कार्यक्रममा आर.के. कोयु राई किराती राष्ट्रिय मुक्तिमोर्चा केन्द्रिय सचिब ज्ञान किराती, दुःखीलाल चौधरी,जितेन राई लगायतले आफ्नो भासा र सस्कृतिका बिषयमा आ आफ्नो दृष्टिकोण राखेका थिए
Subscribe to:
Post Comments (Atom)




परिवर्तनपरिवर्तन इमोसनइमोसन