Advertize with us.............

अख्तीयारले सिडियोमा छापा मार्यो

जिवन फुयल
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको इटहरीस्थित क्षेत्रीय कार्यालयले बिहीबार मोरङको जिल्ला प्रशासन कार्यालय र कोशी अञ्चल अस्पतालमा छड्के जाँच गरेको छ । क्षेत्रीय प्रमुख प्रेमप्रसाद भट्टराईको नेतृत्वमा आएको टोलीले छड्के जाँच गरेको हो ।
क्षेत्रीय प्रमुख प्रेमप्रसाद भट्टराईका अनुसार मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाकै उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा छड्के जाँच गर्दा दुई कर्मचारी अनुपस्थित रहेको र तीन जना कर्मचारीले सरकारी कर्मचारीले लाउन तोकिएको पोशाक नलगाएको पाइएको थियो ।
त्यस्तै अख्तियारको टोलीले कोशी अञ्चल अस्पतालमा पनि छड्के गरेको थियो । त्यहाँ १ सय २० जना कर्मचारी कार्वाहीमा परेका छन् । छड्के जाँच गर्दा ८७ जना कर्मचारी अस्पतालमा अनुपस्थित रहेको पाइएको थियो भने ३३ जनाले स्वास्थ्य सेवा नियमावलीले तोकेको पोशाक नलगाएको पाइएको थियो ।
सेवाग्राहीको बढी सरोकार हुने सरकारी कार्यालयमा काममा ढिलासुस्ती हुने, कर्मचारी अनुपस्थित रहने र सरकारले तोकेको पोशाक नलगाउने र सेवाग्राहीहरूसँग घूस लिने प्रबृत्ति बढेको छ भन्ने व्यापक जनगुनासो आउन थालेपछि अख्तियारले सरकारी कार्यालयहरूमा छड्के जाँच गर्ने गरेको हो ।
न्याय परिषद्को सिफारिसमा हालै उच्च अदालतमा ८० न्यायाधीश नियुक्त भएका छन् । तर, प्रमुख दलहरुको राजनीतिक भागवण्डाका आधारमा न्यायाधीश नियुक्ति भएको भन्दै यसको चौतफी आलोचना भइरहेको छ ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस