इटहरी, माघ १५ गते । नेपाली सेनाको पुर्वि पृतना हेडक्वाटर इटहरीले आफ्नो १५औ बार्षिक उत्सवका अवसर पारेर निःसहाय बालवालिका सेवा आश्रमलाई खाद्यय उपलव्ध गराएको छ ।
आश्रममा रहेका वालवालिकाहरुलाई लक्षित गरी वार्षिक उत्सवको अवसरमा नेपाली सेनाको पुर्वि पृतनाका पृतनापति उपरथि प्रल्हाल थापाले खाद्यान्न लत्ताकपडा लगायतका खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।
आश्रमलाई सेनाको पुर्वि पृतना अन्र्तगतका विभिन्न गणहरुका तर्फवाट पृतनापति उपरथि प्रलाद थापाले खाध्यान्न हस्तान्तरण गरेका हुन ।
पुर्वि पृतना अन्र्तगत रहेका श्रीनम्वर १ राजदल, वटुकदल ,सर्वज्ञदल,गौरीबक्स गुल्म, कालिबक्स गण, पृतना तालिम शिक्षालयका तर्फवाट चामल,दाल,सुख्खा तरकारी,नुन,चिनी,दुध,चियापत्ती, विस्कुट तेल लगायतका सामाग्रीहरु आश्रमलाई उपलव्ध गराइयो । सो अवसरमा पृतनापति थापाले निति नियम भित्र रहेका सामाजिक सेवाका लागि आश्रमले माग गरे अन्य सहयोग समेत गर्न सकिने जनाए । सो अवसरमा सञ्चालिका गीता गौतमले आश्रमका ३४ जना बालबालिकाहरुलाई विभिन्न सहयोगी हातहरुबाट नै मनग्गे सहयोग आएकोमा खुशी ब्यक्त गरिन् ।




परिवर्तनपरिवर्तन इमोसनइमोसन