Advertize with us.............

मोरङ ३ मा चुनावी सरगर्मी,स्थानीय तहको मतका आधारमा दोब्बर मतले बामगठबन्धन अगाडि

भुपेन्द्र तिम्सिना,

उर्लाबारी, कार्तिक २० गते । मोरङ क्षेत्र न.३ मा चुनावी सरगर्मी बढेको छ । मोरङ्ग ३ बाट वाम गठबन्धनबाट भानुभक्त ढकाल र कांग्रेसबाट सुनिल शर्मा चुनावी मैदानमा हुनुहुन्छ । स्थानीय तहको मतलाई हेर्ने हो भने त्यहाँ बाम गठबन्धन बलियो देखिएको छ । तर स्थानीय तहको मतलाई आधार मानेर निर्वाचनको छिनो फानो गर्न भने समस्या देखिन्छ ।
क्षेत्र नम्बर ३ मा पथरीशनिश्चरे, बेलबारी र सुन्दरहरैंचा नगरपालिका र कानेपोखरी गाउँपालिका पर्दछ । जसका २६ वटा वडामा स्थानीय तहको निर्वाचनमा एमालेले जित निकालेको थियो । जहाँ एमालले २९ हजार एक सय ६२, र कांग्रेसले २१ हजार ८७ मत ल्याएको छ । सोही क्षेत्रमा माओवादी केन्द्रले १३ हजार चार सय ९५ मत पाएको जिल्ला निर्वाचन कार्यालयमा तथ्याङ्क छ । यस मतलाई आधार मान्दा हाल एमाले र माओवादीको बाम गठबन्धनको पक्षमा ४२ हजार ६ सय ५७ मत देखिन्छ ।जुन कांग्रसभन्दा २१ हजार ५ सय ७० बढी मत हो । अर्थात दोब्बर भन्दा बढी मत बाम गठबन्धनको देखिन्छ । स्थानीय निर्वाचनको त्यसखाले मत परिणामका कारण नेपाली कांग्रेसले बाम गठबन्धनसँग दर्विलो प्रतिष्पर्धा गर्नुपर्ने बुझेर कांग्रेस चौतर्फी रुपमा कसरतमा जुटेको देखिन्छ ।बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि एमालेका पोलिटव्यूरो सदस्य एवम् प्रमुख सचेतक भानुभक्त ढकालको उम्मेदवारीको प्रतिष्पर्धाका लागि कांग्रेसकातर्फबाट सुनील शर्माले चुनावी मैदानमा होमिएको देखिन्छ ।
राजनीतिक थलो काठमाडौं बनाएका ढकाल र विराटनगर बसेर नोवेल अस्पताल सहितका व्यवसायिक गतिविधिमा संलग्न शर्मा सो क्षेत्रका लागि भनें राजनीतिक गतिविधिका लागि नयाँ अनुहार हुन् । राजनीतिमा शर्मा भन्दा ढकाल बिज्ञका रुपमा मानिनुहुन्छ भने शर्माको राजनीतिक यात्रा छोटो रहेको छ । शर्माले ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा माओवादी केन्द्रलाई सघाउनु भएको थियो । उहाँको राजनीतिक यात्रा अवसरवादका हिसावले कहिले माओवादी कहिले एमाले त कहिले कांग्रेससंग हुने गरेको छ । सो क्षेत्रमा प्रतिनिधिसभाको प्रतिष्पर्धाका लागि अर्का उम्मेदवार राष्ट्रिय जनता पार्टीका तर्फबाट कमलबहादुर गुरुङको उम्मेदवारी परेको छ । प्रदेशसभातर्फ, क मा कांग्रेसबाट सूर्यराज राई, बामगठबन्धनबाट माओवादीकी गीता तिम्सिना, राजपाबाट किशोरकुमार राई उम्मेदवार हुनुहुन्छ । प्रदेशको ख क्षेत्रमा कांग्रेसबाट ललितबहादुर श्रेष्ठ, बामगठबन्धनबाट एमालेका राजकुमार ओझा र राजपाबाट निर्मण गुरुङ प्रतिष्पर्धीका रुपमा निर्वाचनमा सामेल हुनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सो क्षेत्रमा उम्मेदवार उठाएको छैन । मोरङ ३ मा १ लाख २७ हजार चार सय ९६ मतदाता छन् ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस