Advertize with us.............

उम्मेद्वारको अन्तिम नामावाली प्रकाशान, आचार संहिता उलङ्घन नगर्न आग्रह


इनरुवा,कार्तीक २० गते । उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक भएसँगै उम्मेद्वारहरुलाई डाकेर मूख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले आचार संहिता पालनाका बिषयमा स्पष्ट पारेको छ । उम्मेद्वारका लागि आयोजित अनुशिक्षण कार्यक्रममा आचार संहिताको पूर्ण पालनाका लागि मूख्य निर्वाचन अधिकृतको कार्यालयले सम्वन्धित दल तथा उम्मेद्वारहरुलाई आग्रह गरेको हो । चुनावी प्रचारका क्रममा तड्क भडक गर्ने, भोज भतेर गरी मतदातालाई आर्कषित गर्ने, तोकिएका सवारी साधन भन्दा बढी प्रयोगमा ल्याउने, मापदण्ड विपरित हुने तुल, ब्यानर र पार्टीगत झण्डा लगायतका प्रचारका सामाग्री प्रयोगमा ल्याए नियम बमोजिम कार्वाही प्रकृया अघि बढाइने मूख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालले बताउनुभयो । मूख्य निर्वाचन अधिकृतको कार्यालयले दलहरुले चुनावी प्रचारका लागि आयोजना गर्ने मोटरसाइकल र्यालीलाई निषेध गरिएको जनाएको छ । त्यस्तो गरेको पाइए तत्कालै सम्वन्धित पार्टीका उम्मेद्वार उपर निर्वाचन आचार संहिता अनुरुप कार्वाहीको प्रकृया थालिने मूख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवाले जनाएको छ । स्थानीय तह निर्वाचनताका आचार संहिता उल्लंघनका घटना निकै भेटिएकाले यस पटक भने कडाई साथ आचार संहिता लागुगरिने सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले बताउनुभयो । यसैबिच निर्वाचन नजिकिएसंगै मोरङमा निर्वाचन आचारसहिता उलङघनको उजुरीहरु पर्न थालेका छन । क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरमा हाल सम्म तिन बटा उजुरी परेको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले बताउनुभयो । उहाका अनुसार मोरङको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेको तर्फबाट उमेद्वार बन्नुभएको डिगबहादुर लिम्बुले आफ्नो क्षेत्र भित्र पर्ने साविक रमिते खोला गाविसमा सोलार प्यालन वाडेर आचार सहिता उलङघन गरेको भन्दै उजुरी परेको हो । त्यसैगरी मोरङको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसको तर्फबाट उमेद्वार भएका सुनिल शर्मा विरुद्ध पनि निर्वाचन कार्यालयमा उजुरी परेको छ । शर्माले सो क्षेत्र भित्र आचारसहिता विपरीत स्वास्थ्य शिविर संचालन गरेर मतदातालाई प्रभाव पारेको भन्दै उजुरी परेको हो । विराटनगर स्थित ग्रामीणा विकास बैङक क्षेत्रीय कार्यालय र मातहतका सात जना कर्मचारीहरुलाई पनि आचारसहिता विपरीत सरुवा गरेको भन्दै उजुरी परेको समेत प्रमुख संजेलले बताउनुभयो । परेका उजुरीका विषयमा सम्बन्धीत पार्टी तथा सस्थालाई सचेत गराइएको र निर्वाचन आयोगमा समेत जानकारी पठाएको संजेलले बताउनुभयो ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस