Advertize with us.............

लोकतान्त्रिक गठबन्धनलाई विजयी गराऔँ : उपप्रम थापा

Image result
हेटौँडा / उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री कमल थापाले राष्ट्रको स्वाधीनताका साथै प्रेश स्वतन्त्रता र प्रजातान्त्रिक सुदृढीकरणका लागि लोकतान्त्रिक गठबन्धनलाई निर्वाचित गराउनुपर्ने बताउनुभएको छ ।  आज मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१४ मा आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले लोकतान्त्रिक गठबन्धनलाई जिताउन मतदातालाई आग्रह गर्नुभयो । लोकतान्त्रिक गठबन्धन कुनै दल वा समूहको विरुद्धमा नभएको मन्त्री थापाले बताउनुभयो ।
देशमा बढ्दै गएको गरिबी र बेरोजगारीलाई संयुक्तरुपमा उन्मूलन गर्नु आजको आवश्यकता भएको मन्त्री थापाको भनाइ थियो । कार्यक्रममा राप्रपाका केन्द्रीय उपाध्यक्ष बुद्धिमान तामाङ, काँग्रेस मकवानपुरका नेता रामचन्द्र अर्याललगायतले सम्बोधन गर्नुभएको थियो ।

अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस