
बेलबारी । मोरङको क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेस र बामगठबन्धनका बिच कडा प्रतिष्पर्धा हुने देखिएको छ । यस क्षेत्रमा बाम गठबन्धनका भानुभक्त ढकाल र नेपाली कांग्रेसबाट सुनील शर्मा प्रतिनिधिसभामा प्रतिष्पर्धा गर्दैछन भने प्रदेशसभामा (ख) मा गठबन्धनबाट राजकुमार ओझा र नेपाली काँग्रेसका तर्फबाट ललित बहादुर श्रेष्ठ चुनाबी प्रतिष्पर्धामा रहेका छन । (क) मा गठबन्धनबाट गिता तिम्सिना र काँग्रेसबाट सुर्योमराज राई उम्मेदवार बनेका छन । तेह्थुमका ढकाल एमालेको केन्द्रिय राजनीतिमा सक्रिय ब्यत्ति हुन । उनका लागी यो नयाँ क्षेत्र समेत हो ।
काँग्रेसका शर्मा नेपाली काँग्रेसको महासमिति सदस्य हुन । उनी बेलबारीका बासिन्दा हुन । यसअघि उनी नोबेल मेडिकल कलेजका सञ्चालक समेत हुन । बामगठबन्धनका तर्फबाट प्रदेशमा उम्मेदवार बनेका ओझा सुन्दरहरैचाका स्थायी बासिन्दा हुन । उनी बिद्यार्थी राजनीतिबाट स्थापित नेता हुन । काँग्रेसका श्रेष्ठ पनि सुन्दरहरैचाकै बासिन्दा हुन । नेपाली काँग्रेसको महासमिति सदस्य रहेका उनी नेपाल बिद्यार्थी संघका केन्द्रिय सदस्य समेत हुन । यस्तै प्रदेश ३ क मा बेलबारीकी तिम्सिना र कानेपोखरीका राईबिच समेत कडा टक्कर हुने देखिएको छ ।
यस क्षेत्रमा एक लाख २७ हजार चार सय ९६ मतदाता रहेका छन । त्यस क्षेत्रका २६ वटा वडामा एमालेले २९ हजार एक सय ६२, कांग्रेसले २१ हजार ८७ र माओवादीले १३ हजार चार सय ९५ मत पाएका थिए । अब वाम गठबन्धनको मत ४२ हजार ६ सय ७५ पुगेको छ । कांग्रेसभन्दा २१ हजार बढीको मतान्तर देखिन्छ, । उक्त क्षेत्रमा राप्रपाको एक हजारभन्दा कम मत निर्णायक हुने अवस्था छैन । साथै पछाडि थपिएका मतदाताहरुको मत पनि यस क्षेत्रमा निर्णायक बन्ने देखिन्छ । पुर्वेली न्युजबाट




परिवर्तनपरिवर्तन इमोसनइमोसन