Advertize with us.............

निर्वाचनको लागि सुनसरी र सप्तरीको नेपाल भारतसीमा मंसिर १८ बाट बन्द

नरुवा । आगामि मंसिर २१ गते नेपालमा हुने निर्वाचनको सुरक्षाको लागि मंसिर १८ गतेदेखि नै सुनसरी र सप्तरी जिल्ला अन्र्तगतको नेपाल भारत सीमानाका सिल गरिने भएको छ ।
बिहीबार कोशीटप्पुमा बसेको नेपाल भारत सीमा सुरक्षा बैठकमा त्यस्तो सहमति भएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापाले नेपालमा सुनसरी, सप्तरी र भारत विहारको सुपौल जिल्लाका सुरक्षा अधिकारीहरुबीच मंसिर २१ गते हुने निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउने सन्दर्भमा सीमावर्ति भारतीय क्षेत्रका सुरक्षा अधिकारीहरुबिचको छलफलमा त्यस्तो सहमति भएको हो ।
उनका अनुसार बैठकले निर्वाचन भन्दा ७२ घण्टा अगाडि सीमा नाका सिल गर्ने, सीमापार अपराध, आतंककारी गतिविधि नियन्त्रण गर्ने, सीमामा अवाञ्छित गतिविधि गर्ने, सीमा अतिक्रमण गरेर हुने निर्माण कार्य रोक्ने र गैरकानूनी हातहतियारको तस्करीलाई नियन्त्रण गर्ने विषयमा सहमति भएको छ ।
सहमति अनुसार अहिलेबाटै नेपाल र भारतका सीमा क्षेत्र तैनाथ दुबै तर्फका सुरक्षाकर्मीहरुले निगरानी बढाएर त्यस्ता गतिविधि नियन्त्रणको लागि प्रयास थाल्ने छन ।
यसका अतिरिक्त पनि नेपाल र भारतका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुबिच निर्वाचन सुरक्षालाई लिएर प्रत्येक दिन सूचना आदानप्रदान गर्ने र तत्काल उत्पन्न हुने समस्याको समाधान निकाल्ने सहमति भएको थापाले जानकारी दिए ।
बैठकमा सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, सप्तरीका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डे, सुरक्षा निकायका प्रमुखहरुसहित नापी, बन र सिचाईका अधिकारीहरु र भारत विहार सुपौल जिल्लाका डिएम बैजनाथ यादवसहितको टिम सहभागि थियो ।
सोक्रममा भारतको तर्फबाट सीमा क्षेत्रमा भारतीय नागरिकको लागि लक्षित गरी खोलिएका मदिरा पसलहरु हटाउन नेपाली पक्षलाई आग्रह गरिएको थियो ।
उनीहरुले यस्तो कार्यले सीमा क्षेत्रमा आपराधिक गतिविधिलाई प्रोत्साहन गर्ने भन्दै कम्तिीमा पनि सीमा क्षेत्रबाट ५ सय मिटर परमात्रै सञ्चालनको अनुमति दिन आग्रह गरेका थिए ।
नेपाली अधिकारीहरुले यस विषयमा निर्वाचनपछि छलफल गरेर निकास निकाल्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । वर्णमालाबाट
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस