Advertize with us.............

सुनसरी ४ मा कांग्रेसको समानान्तर भेला, नेतादेखी कार्यकर्तासम्म दुई समुहमा विभाजित

राजेन्द्र पोखरेल, इनरुवा । सुनसरीको निर्वाचन क्षेत्र नं ४ बाट नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा अर्थ मन्त्री ज्ञानेन्द्र कार्कीले दिएको उम्मेदवारीबाट असन्तुष्ट नेता कार्यकर्ताहरुले बिहीवार भोक्राहा समानान्तर भेलाको आयोजना गरेका छन ।
२०७० सालको संविधानसभा निर्वाचनमा उम्मेदवार भएका पार्टीका जिल्ला सदस्य जमिल अख्तरको संयोजनमा भएको भेलामा यस क्षेत्र अधिकांश महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, क्षेत्रीय समितिका पदाधिकारीहरु, सदस्यहरु, गाउँ सभापति, जिल्ला सदस्य, भतृ संगठनका सदस्य र पदाधिकारीहरु भेला भएका हुन ।
भोक्राहामा भएको असन्तुष्ट कांग्रेस नेता कार्यकर्ताहरुको भेलाले प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस देखी क्षेत्रीय अध्यक्ष ऐयुव अन्सारीले अर्थमन्त्री कार्कीको निर्देशनमा एकलौटी रुपमा गुट सृजना गरी नाम सिफारीस गर्दै उनीलाई जिताउने ठेक्का लिएको भन्दै ठेकेदारी प्रथाविरुद्ध इमान्दार काग्रेसका नेता कार्यकर्ताहरु ठेकेदारले जिताउने जिम्मा लिएका नेतालाई सहयोग गर्न नसकिने धारणा राखेका थिए ।
विहीबार क्षेत्रीय सभापती ऐयुव अन्सारीले लौकहीको कोशी कोलेनीमा निर्वाचन क्षेत्र स्तरीय प्रचार प्रसार समिति र परिचालन समिति निर्माणका लागी बोलाईएको भेला समेत ति नेता कार्यकर्ताहरुले बहिष्कार गरेको जनाएका छन ।
प्रतिनिधिसभाका उम्मेदवार कार्की सरकारी सवारी साधन लिएर प्रहरीको गाडी अगाडि पछाडी लगाउदै सिमित मानिसहरुको घेरामा बसेर पार्टीका नेता कार्यकर्ताहरुलाई वेवास्ता गरी चुनाव प्रचारमा हिडेकाले आफुहरु स्वतन्त्र रुपमा पार्टीका उम्मेवारलाई जिताउन लाग्ने भेलाले निर्णय गरेको छ ।
पार्टीका नेताहरु गुटमा विभाजित भई सिद्धान्त र विचारलाई लत्याउदै सामाजिक रुपमा पतन भएका, आर्थिक रुपमा भ्रष्ट ठहरिएका ,राजनीति रुपमा विचलन आएका, इमान्दारिता बिक्री गर्नेहरुले उम्मेदवारबाट रकम असुल गरी चुनाव जिताउने ठेक्का लिन थालेकाले यस खाले विकृतीविरुद्ध आफुहरु सघर्ष गर्न तयार भएर समान्तर भेलामा सहभागी भएको जिल्ला सदस्य सुनिल साहले बताए ।
कांग्रेसको उम्मेदवारलाई हामी स्वतन्त्र रुपमा रहेर विचारका आधारमा सहयोग गछौ तर कसैले जिताउने ठेक्का लिएर हामीलाई टेण्डरको दाउमा लगाएका छन भने त्यस खाले क्रियाकलापको सशक्त विरोध गर्छौ– साहले वर्णमालासँग भने ।
भेलामा निवर्तमान सासद सुर्यदेवदास उराँव, पूर्व क्षेत्रीय सभापति सुनिल पोखरेल, महासमिति सदस्य अल्लाउद्दीन हुसैन, जिल्ला सदस्य सितोष पोखेरल, बालसुधार परियार, सुनिल साह, रत्न राउत, हरिनगरा सभापति शिवहरी श्रेष्ठ, हफाज अन्सारी, बौवालाल खत्वे, शम्भु साह, युवराज दाहाल लगायतका दर्जनौ नेता कार्यकर्ताहरुले भेलामा कार्कीको उम्मेदवारीप्रति असन्तुष्टी ब्यक्त गरेका थिए ।
यता लौकहीमा आयोजित कार्यकर्ता भेलामा विजयकुमार गच्छदार, ज्ञानेन्द्र कार्की, सीताराम मेहता, राजिब कोइरालासहितका पार्टीका उम्मेदवार र नेता कार्यकर्ताहरु उपस्थिति रहेको थियो ।
निर्वाचन परिचालन समिति गठन गर्ने भनिएपनि अबेरसम्म कार्यक्रम चलेकोले समिति गठन हुन नसकेको क्षेत्रीय सभापति ऐयूब अन्सारीले जानकारी दिए ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस