Advertize with us.............

पूर्वका दुई सडक जुन दस वर्षसम्म जस्ताको त्यस्तै

इटहरी । पूर्वका दुई सडक नमूना सडकका रुपमा चनिन् सफल भएका छन् । मजबुत, टिकाउ र गरणस्तरीय निमार्णको प्रतिक रहेका यी दुई सडक दस वर्षसम्म जस्ताको तस्तै रहेर उदाहरणीय बनेका छन् ।
मोरङको उर्लाबारी–आमवाडी र झापाको पाडाजुँगी–गौरीगन्ज सडकले राम्रो सडक बन्न सक्दैन भन्ने धारणलाई गलत गरिदिएका छन् ।
उक्त सडक एसियाली विकास बैंक (एडीबी)को सहयोगमा रोड नेटवर्क डेभलपमेन्ट प्रोजेक्ट (आरएनडीपी) ले १० वर्षअघि निर्माण गरेको थियो । यी सडकका बारेमा स्थानीयले कुनै पनि गुनासो गरेका छैनन् । 
सुनवर्षी नगरपालिकाका सत्यनारायण साहले १० वर्षअघि निर्माण भई हस्तान्तरण भएको उर्लाबारी–आमवाडी सडकमा पहिलो पाइला राख्दाकै अनुभव अहिले पनि हुने बताए ।
सडक बनाउनसाथ केही दिनै खाल्डो पर्यो, कालोपत्रे भत्कियो भन्ने कुरा सुन्दा आफ्नो सडक अहिले पनि पहिले को जस्तौ रहेको स्थानीयले बताए । 
विराटनगरलाई हुलाकी मार्ग भएर पुरानो सदरमुकाम रंगेली, आमवाडी हुँदै उर्लाबारी र झापासम्म जोड्न यो सडक महत्वपूर्ण मानिन्छ ।
त्यसैगरी, झापाको पाडाजुँगी–गौरीगन्ज सडकका उपभोक्ता विवेक घिमिरले पछिल्लोपटक गौरादहमा निर्माण भएका धेरै भित्री सडक भत्किएर ग्राभेल बनिसकेपनि यने सडक भने अझै मजबुत रहेको बताए । उक्त सडकले गौरीगन्जलगायत क्षेत्रलाई पूर्व–पश्चिम राजमार्गसँग जोड्छ ।
उर्लाबारी र गौरीगन्ज सडक प्राविधिक रूपमा मजबुत निर्माण भएको पूर्वाञ्चल सडक डिभिजन कार्यालय विराटनगरका इन्जिनियर नन्दकुमार गुप्ताले दाबी गरे । उनका अनुसार सबबेस, बेसकोर्स र बिटुमिनको प्रयोग उच्चस्तरमा निर्माण भएकाले यी सडक पूर्वकै नमूना सडक बन्न पुगेको छ । न्यूज लयबाट साभार
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस