Advertize with us.............

यी हुन् संसारका बेस्ट हरर चलचित्र : एक्लै नहेर्नुस्

एजेन्सी, असोज २
चलचित्रको अनेकौ धार हुनेगर्छ । हरर, लभ तथा रोमान्टिक, हाश्यप्रधान जस्ता कैयो भागमा बदियेका हुने गर्छन । संसारमा बन्ने सबै फिल्ममध्ये हरर फिल्मले २० प्रतिशत भाग ओगटेका छन् । यसैबाट थाहा हुन्छ हरर फिल्मको बजार कति ठूलो छ भनेर । यहाँ हामी केही यस्ता हरर फिल्मको बारेमा बताउँदैछौं जुन तपाईंले राति एक्लै हेर्ने हिम्मत गर्नुहुन्छ भन्ने अपेक्षा छ ।
इट
अन्डी मुस्चैतीले निर्देशन गरेको यो एउटा संसारकै सबैभन्दा डर लाग्दो मुभी हो । यो १९८६को एक उपन्यासमा आधारित रहेर बनाईएको छ । भर्खरै रिलिज भएको यो फिल्मलाइ फिल्म पारदर्शीहरुले संसार कै हरर चलचित्रमा सर्बश्रेष्ठ रहेको जनाईएको छ । साँढे ३ अर्बमा बनेको यो फिल्मले पहिलो हप्तामा नै १० अर्ब कमाइ गरिसकेको छ ।
एभिल डेड
सन् १९८१ मा आएको फिल्मका थुप्रै सिक्वेल बनिसकेका छन् । पाँचजना साथीहरू एउटा जंगलमा जान्छन् र एउटा किताब भेट्छन् जसमा भूतहरूको रहस्य हुन्छ ।
दी एक्सोर्जिस्ट
सन् १९७४ मा आएको यो फिल्ममा एउटी केटीमाथि कसरी प्रेतले कब्जा गर्छ र एक पादरीले कसरी प्रेत भगाउँछन् भनी देखाइएको छ ।
द कन्ज्युरिङ
सन् २०१३ मा आएको यो फिल्ममा भूत समात्ने जोडी एड र लोरेन वारेन एउटा घरमा गएर त्यहाँका परिवारलाई सताइरहेको भूत भगाउँछन् ।
इन्सिडियस
सन् २०१० मा आएको यो फिल्ममा एक परिवारले कोमामा रहेको आफ्नो छोरालाई प्रेतहरूबाट बचाउन गरेको कोशिश देखाइएको छ ।
द रिङ
सन् २००२ मा आएको यो फिल्म जापानी फिल्म रिंगुमा आधारित छ । एउटा टेप हेर्ने मानिसको मृत्यु सात दिनभित्र हुने कथा यसमा छ ।
स्लीपी होलो
सन् १९९९ मा आएको यो फिल्ममा एउटा यस्तो गाउँ देखाइएको छ जहाँ टाउको काटिएको एक मानिसले गाउँलेहरूले हत्या गर्छ ।
ड्राकुला
ब्राम स्टोकरको पुस्तक ड्राकुला सन् १९९२ मा आएको थियो । यसको कस्ट्युम, मेकअप र साउन्डका लागि तीन अस्कर अवार्ड दिइएको थियो । रगत चुस्ने भ्याम्पायरको कथा हो यो ।
रोजमेरीज बेबी
सन् १९६८ मा आएको फिल्ममा एक महिलाको गर्भबाट शैतान जन्मिएको कथा छ । फिल्मले एक अस्कर र एक गोल्डेन ग्लोब जितेको थियो ।
ड्र्याग मी टु हेल
सन् २००९ मा आएको यो फिल्ममा एकजना लोन अफिसरले वृद्धा जिप्सीलाई अपमान गरेपछि भूतप्रेतले सताएको कथा छ ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस