पटना,२ असोज– आफ्ना दुई साधुनीलाई यौनशोषण गरेको आरोपमा २० बर्षको जेल सजाँय काटिरहेका राम रहीमको कालो कर्तूतको बारेमा दिनदिनै पर्दाफास भइरहेको छ ।

एकातर्फ राम रहीमको पूरानो फाइलहरु खुल्दै आएको छ भने दोस्रोतर्फ रामरहीमको छोरी भनिएकी हनीप्रितको बारेमा खबरहरु बाहिर आइरहेका छन् ।
हनीप्रितलाई नेपालको इटहरी आसपासमा देखिएको भारतीय प्रहरीले दाबी गरेका छन् । हनीप्रित मोरंग जिल्लामा लुकेर बसिरहेको हुनसक्ने प्रहरीको दाबी छ । प्रहरीका अनुसार उनले लगातार आफ्नो ठेगाना परिवर्तन गरिरहेका कारण उनलाई पक्राउ गर्न समस्या भइरहेको बताएका छन् ।
हनीप्रितलाई पक्राउ गर्न भारतीय प्रहरीले नेपालप्रहरीसँग सहयोगको लिई खोजीकार्य गर्ने तयारी गरिरहेको छ ।
आश्रमकी एक साधुनीले खुलाइन् रहस्य
रामरहीमको आश्रममा बस्ने एक साधुनीका अनुसार हनीप्रित नेपालको महेन्द्रनगरको बाटो हुँदै भारतको सीमा पार गरेको बताएकी छिन् । हनीप्रित कञ्चनपुर, घोराही हुँदै रामरहीमको गोप्यस्थानमा पुगेको उनले बताइन् ।
उदयपुर प्रहरीको हिरासतमा रहेका बाबा राम रहीमका भक्त प्रदीपका अनुसार पनि हनीप्रित नेपालमै लुकिरहेको भारतीय प्रहरीको दाबी छ । आश्रममा रहेकी उक्त साधुनीले रामरहीमको अपराधमा हनीप्रितको पनि बराबर हिस्सा रहेको बताएकी छिन् ।
उनका अनुसार ती दुबैजना एउटै कोठामा सुत्ने र कही घुम्न जाँदा समेत एउटै कक्षको प्रयोग गर्ने गरेको उनले खुलाइन् ।
हनीप्रितको खोजीको लागि लुक आउट नोटिस जारी
हनीप्रितको खोजीको लागि हरियाणा प्रहरीले १ सेप्टेम्बरमा लुक आउट नोटिस जारी गरेको थियो । हनीप्रित २५ अगस्टदेखि फरार रहेकी छिन् । बाबा राम रहीममाथि अदालतले २० बर्ष जेलसजाँय सुनाए लगतै उनी गायब भएकी थिइन् । र, उनी सम्मिलित समर्थकहरुले पंचकुलामा हिंसा फैलाइएको थियो जसमा ३० जनाको मृत्यु भएको थियो ।
यसघटनापछि प्रहरीले हनीप्रितको खोजी कार्य तीब्र पारेको छ ।

बिहारको ७ जिल्लामा अलर्ट जारी
हनीप्रित बिहारको बाटो हुँदै नेपाल छिर्ने भारतीय प्रहरीले पहिला नै शंका गरेको थियो । जब रामरहीमका भक्त प्रदीपले हनीप्रित भागेर नेपाल पुगेको बताए तब भारतीय प्रहरीको शंका सत्य भएको थियो ।
नेपालमा अहिले प्रदेश दुईको स्थानीय चुनाव भइरहेका कारण उनको खोजीकार्य केही समय रोकिएको भारतीय प्रहरीले बताएका छन् । चाँडै नै नेपालप्रहरीको सहयोगमा हनीप्रितको खोजीकार्य तीब्र पार्ने बताएका छन् ।

परिवर्तनपरिवर्तन इमोसनइमोसन