Advertize with us.............

उपचारमा लागेको तिर्न नसकेपछि बिरामीको मृत्यु हुँदा समेत न्यूरो अस्पतालले शव दिएन

विराटनगर,असोज २ गते । अस्पतालमा उपचार गराउँदा लागेको खर्च तिर्न नसकेपछि आफन्तको मृत्युहुँदा समेत मोरङ्गको ग्रामथान गाँउपालिकाको माझी परिवारले शव पाएन । विराटनगरमा रहेृको न्यूरो अस्पनालले उपचार गरेको पैसा नतिरेको भन्दै शव लैजान नदिएपछि पिडित परिवार थप समस्यामा परेको छ । गत भदौ २८ गते मोटरसाइकले ठक्कर दिएर घाइते हुनुभएकी मोरङको ग्रामथान गाउँपालिका–२ पीडारवनीकी ६० वर्षीय गेरीदेवी माझीको उपचारका क्रममा मृत्यु भएको छ । शनिबार दिउँसो दुई बजे मृत्यु भएतापनि परिवारले शव नपाएको छोरा सुमन माझीले बताउनु भयो । आर्थीक अवस्था कमजोर भएका कारण माझी परिवारले अस्पताललाई ५५ हजार रुपैयाँ तिर्न बाँकी छ । ५५ हजार रुपैयाँ तिर्न नसक्दा शव दुई दिन देखि अस्पतालमा राखिइएको र अन्तेष्टी गर्न समेत नसदएको सुमनले बताउनु भयो । यता, मृत्यु भइसक्दा समेत अन्त्येष्टी गर्न नपाउँदा मृतकका परिवार चिन्तित छन् । अस्पतालका प्रशासकिय अधिकृत सुरेश आचार्यले आफन्तले उपचार बापतको खर्च तिरेर लैजाने भनेकाले नै सहमतिमा शव राखिदिएको दाबी गर्नु भउो । पैदलयात्रामा रहेकी गरीदेवीलाई विराटनगरबाट विराटचौकतर्फ जाँदै गरेको को १७ प १२५९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस