इटहरी । नेपाल कमयुनिष्ट पार्टी माओवादी केन्द्र इटहरीले इटहरी नगरको सम्रग विकासका लागि उपमहानगरपालिकाको ध्यानाकर्षण गरेको छ । पार्टीले इटहरी उपमहानगरका प्रमुख द्वारीकलाल चौधरीलाई पत्र बुझाउँदै ध्यानाकर्षण गराएको हो ।
पार्टीका संयोजक भीम प्रसाइ सुवेदीले इटहरीलाई आधुनिक र व्यापारिक सहर बनाउन वस्तिृत परियोजना तयार गरी प्रस्ताव अनुसार विकास निर्माणलाई अघि बढाउन आग्रह गरेका छन् ।
त्यसैगरी, भारी वर्षाका साथ एक महिनाअघि आएको भिषण बाढीबाट घर बगाई विस्थापित भएका र खोलाका किनारमा रहेका घरपरिवारलाई उपयुक्त स्थानमा सार्न समेत ध्यानाकार्षण गरेको छ ।
इटहरीबासीले शिक्षा, स्वास्थय, खानेपानी लगायतका क्षेत्रमा सरल सेवा प्राप्त गर्ने गरी योजना अनुरुप बजेट विनियोजन गर्न समेत पार्टीले अनुरोध गरेको छ । संयोजक प्रसाइले यसलाई कुनै पनि राजनितिक आलोचनाका रुपमा नलिई सबै प्रकारका भ्रष्टचार, अनियमिता र ढिलासुस्ती अन्त्य गरी जनातालाई दिने सेवामा समेत जोड दिन आग्रह गरेको बताए ।
केन्द्रिय सरकारले स्थानीय निकायले दिएको अधिकार प्रयोगमा ल्याई स्थानीय तहबाट हुनै सबै काम यही बाट गरी जनताको समस्या समाधान गर्न समेत आग्रह गरेको छ । न्यूज लय बाट




परिवर्तनपरिवर्तन इमोसनइमोसन