धरान स्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका दुई विद्यार्थी सरोज अधिकारी र कृष्ण राज न्यौपाने आज असार २९ गते दिउँसो २ बजेबाट विभिन्न पाँच शुत्रीय मागहरू राख्दै आमरण अनसनमा बसेका छन्। परिक्षा नजिकिदै गरेको तथा कोर्स नसकिएकाले हामीले पढ्न पाउनुपर्छ भनेर स्वतन्त्र विद्यार्थीहरूले दवाव दिएपछि विगत दुई दिनदेखी नेविसंघ र अनेरास्ववियु क्रान्तिकारीले संयुक्त रुपमा लगाएको ताला खोलेर आन्दोलनको स्वरुप परिवर्तन गरी आमरण अनसन बसेका हुन् ।
त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत स्नातक तहको शैक्षिक तथा परिक्षा शुल्क बढाएको कुरालाई मुख्य विरोधको बिषय बनाएर आन्दोलन गर्दै आएका नेविसंघ र अनेरास्ववियु क्रान्तिकारीले दोस्रो चरणको आन्दोलन स्वरूप शुल्क बृद्धी फिर्ता गर्ने लगायत क्याम्पस सुधारका अन्य चार ओटा मागहरू राखेर आमरण मनसनमा बसेका छन् । यस अघि पठन पाठनमा केही प्रभाव नपर्ने गरी अनेरास्ववियु पूर्वाञ्चल क्याम्पस कमिटीले क्याम्पसको परिक्षा शाखा र आर्थिक शाखामा तालाबन्दी गरेको भोली पल्ट नेविसंघ र अनेरास्ववियु क्रान्तिकारीले संयुक्त रुपमा ताला लगाएका थिए जसका कारण दुई दिन सम्म पढाई ठप्प भएको थियो। आज दिनभर बसेको क्याम्पस प्रशाशन, स्ववियु, आन्दोलनरत दलहरू र अन्य विद्यार्थीहरूको मिटिङबाट भोलीबाट निर्जाध रुपमा कक्षा संचलन गर्ने सहमति भएको छ। तर अझै पनि परिक्षा शाखा र आर्थिक शाखामा लागेको तथा खुलेको छैन त्यसैले अहिले तत्कालका लागी भर्ना तथा परिक्षा फारम भर्ने काम रोकिएको छ ।
घरबाट पढ्न भनेर देशका विभिन्न ठाँउबाट इन्जिनियर बन्न आएका विद्यार्थिहरु यसरी आमरण अनसनमा बस्नुपर्ने अबस्था छ, यो कुराको छिटै सुनुवाइ गरियोस। भन्दै त्यसै क्याम्पसका एकजना विद्यार्थीले चिन्ता समेत व्यक्त गरे ।

परिवर्तनपरिवर्तन इमोसनइमोसन