Advertize with us.............

हेम कर्ण पौडेल मेयर टिकट नदिदा इटहरीका नेपाली काँग्रेस का आम कार्यकर्ता सडकमा बिरोध प्रस्तुत गरे र रोहित प्रसाई टिकट पाएपछि नेपाली काँग्रेस इटहरीमा कार्यकर्ता कार्यकर्ता बीच तनाबग्रस्त।


टहरी, नेपाली कांगे्रसले सुनसरीमा रहेको दुइ उपमहानगरपालिका र चार नगरपालिकाका लागि मेयर पदको टिकट वितरण गरेसगंै कांग्रेस कार्यकर्ता र समर्थकहरु वीच व्यापक आक्रोश र असन्तुष्टी बढेको छ । केन्दीय समितिले लामो समयदेखि पार्टीमा त्याग गरेका र सामाजिक तथा विकासका गतिविधिमा निरन्तर लागिपरेका मेयरका आकांक्षी उमेदवारहरुलाइ टिकट नदिको भन्दै सुनसरीमा कांग्रेस कार्यकर्ता तथा
1
 समर्थकहरु आक्रोशित भएका हुन ।
काग्रेसले सुनसरीका दुइ उपमहानगरपालिकाहरुमध्ये इटहरीमा रोहित प्रसाइ र धरानमा तिलक राइलाइ टिकट दिने निर्णय गरेको छ । सो निर्णयको विरोधमा कांग्रेसका कार्यकर्ता तथा समर्थकहरुले शुक्रबार विहानै देखि इटहरीमा नारा जुलुस गर्दै प्रदर्शन गर्नुका साथै कांग्रेसको इटहरी नगर समिति , क्षेत्रीय समितिको कार्यालय इनरुवास्थित पार्टीको जिल्ला कार्यालयमा तालाबन्दी गरेका छन् । उनीहरुले इटहरीमा मेयर पदका नगर सभापति हेकमर्ण पौडेललाइ टिकट दिनुपर्ने माग गरेका छन् ।
इटहरीमा भेला एभका स्थानीय नेता कार्यकर्ता  तथा समर्थकहरुले पार्टी कार्यालयहरुमा तालाबन्दी इटहरी उपमहानगर क्षेत्रको मुख्य बजार क्षेत्रको परिक्रमा समेत गरेका थिए ।
पौडेलको छवी लोकप्रिय रहेको र लामो समयदेखि पार्टीका गतिविधिमा मात्र नभइ सामाजिक तथा विकास निर्माण अभियानमा सक्रिय रहदै आएको कांग्रेस कार्यकर्ता तथा समर्थकहरुले दाबी गरेका छन् । प्रदर्शनमा उत्रिएका कार्यकर्ता तथा समर्थकहरुले केन्द्रीय समितिले सो निर्णय सच्याइ पौडेललाइ टिकट नदिसम्म दवावपुर्ण आन्दोलनको कार्यक्रमलाइ निरन्तरता दिने बताएका छन् । त्यसै गरी धरानमा पनि कांग्रेसका पुर्व नगर सभापति किशोर राइलाइ टिकट नदिएर तिलक राइलाइ टिकट दिएको भन्दै कार्यकर्ता तथा नेका समर्थकहरुले विरोध गरेका छन् ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस