Advertize with us.............

चायल्ड बीचमा हेन्डराईटिङ प्रतियोगिता

शुक्रबार २६जेठ २०७४ इटहरी /सुनसरीको इटहरीमा ससाना बिद्यार्थी बीचमा हेन्डराईटिङ प्रतियोगिता गरिएको छ। किन्डर गार्डेन मन्टेश्वरी चायल्ड केयर एशोशियशनको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो।
इटहरीको बसपार्कमा रहेको कञ्चनजंगा मन्टेश्वरीको प्रायोजनमा भएको प्रतियोगितामा सुनसरीका बिभिन्न १६वटा मन्टेश्वरी स्कुल र चायल्ड केयर सेन्टरका बिद्यार्थीको सहभागिता थियो।
बार्षिक क्यालेण्डर अनुसार आयोजित कार्यक्रममा इटहरी ४मा रहेको लालिगुराँस स्कुलकी श्रृष्टी राई तृतिय, इटहरी ८कै बालसंसार स्कुलका रोनेश ल्वागुन द्वितिय र कर्नर स्टोन स्कुल इटहरी ८की जन्मी राई प्रथम भईन।
प्रथम द्वितिय र तृतिय हुने छात्रछात्रालाई पुरस्कृत समेत गरिएको छ। बिद्यार्थीको चौतर्फी बिकासको लागि यस्ता कार्यक्रमहरु गरिँदै आएको कञ्चनजंगा मन्टेश्वरी एवं कञ्चनजंगा बोर्डिङ्ग स्कुलका प्रमुख हरि आचार्यले जानकारी दिनुभयो।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस