इटहरी । स्थानीय तह अन्र्तगतको दोस्रो चरणमा निर्वाचन हुने सुनसरीमा निर्वाचनलाई सफलता पुर्वक सम्पन्न गर्न मतदान अधिकृतहरुलाई प्रशिक्षण दिन थालिएको छ ।
आगामी असार १४ गते निर्वाचन हुने सुनसरीका स्थानीय तह अन्र्तगतका मतदान केन्द्रहरुमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई निर्वाचन सम्बन्धीत प्रशिक्षणको व्यवस्था मिलाइएको हो । जिल्ला निर्वाचन कार्यालय सुनसरीेले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा निर्वाचनलाई सफलता पुर्वक सम्पन्न गर्न , मतदान केन्द्र व्यवस्थापन , निर्वाचन सुरक्षा ,निर्वाचन ऐन कानुन लगायतका विषयमा मतदान अधिकृतहरुलाई जानकारी गराइने जनाइएको छ । दुई दिने प्रशिक्षणमा मुख्य निर्वाचन अधिकृत अर्जुन कोइराला, प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली , जिल्ला निर्वाचन अधिकृत जानकी कर्ण , प्रहरी उपरिक्षक पोषराज पोखरेल लगायतले सहजिकरण गरेका थिए । प्रशिक्षणमा जिल्लाका १२बटै स्थानीय तह अन्र्तगतका मतदान केन्द्रहरुका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको सहभागिता रहेको छ । जिल्लामा दुई उपमहानगरपालिका , ४ नगरपालिका र ६ गाउँपालिका रहेका छन भने ४ सय ८५ मतदान केन्द्र रहेका छन । -

परिवर्तनपरिवर्तन इमोसनइमोसन