Advertize with us.............

रञ्जु दर्शनाको विवेकशील पार्टीलाई यति धेरै पैसा ?

कहाँबाट कसरी आँउछ रञ्जु दर्शनाको विवेकशील पार्टीलाई यति धेरै पैसा ?
उसो त संविधानसभाको निर्वाचनताका विवकेशील पार्टीका अध्यक्ष उज्जवल थापा निर्वाचनमा होमिएका हुन,काठमाडौंबाट । सो समयमा उनले एक हजार मत हाराहारीमा चित्त बुझाए । पार्टी त्यही र पात्र मात्र फेरियो अहिलेको स्थानीय तहको निर्वाचनमा ।
उस्ले मेयरका उमेद्धारका रुपमा मैदानमा खडा गर्यो २१ बर्षिया रञ्जु न्यौपाने ‘दर्शना’लाई । उनी चुनावी मैदानमा होमिदै गर्दा कतिपयले रञ्जु र विवेकशीलको महत्वकांक्षा मात्र भएको भन्दै उडाएनन् पाँच सय भन्दा बढी रञ्जुले मत कटाँउदिनन भन्दै सामाजिक सञ्जालमा समेत लेख्नेहरु समेत भेटिए ।
तर यी सबै भ्रमलाई चिर्दै रञ्जुले पाएको मतले धेरै आश्चर्य चकित भए । शनिवार बिहानसम्ममा रञ्जुले २१०६३ मत ल्याएकी छिन । काठमााडौंमा मात्र होइन ललितपुरमा समेत सो पार्टीका उमेद्धारले १३ हजारभन्दा बढी मत कटाए ।
जवकी काठमाडौंलार्य २४ सै घण्टा उज्यालो बनाएका कारण काठमाडौंबासीको दिल जित्ने दावी गरेको माओवादी पार्टीका मेयरका उमेद्धारले ५ हजार हाराहारी मतमा चित्त बुझाउनु पर्यो ।
पात्र फेरिदैमा विवेशकीलले यति धेरै मत कसरी पायो ? त्यो हो निरन्तर सर्वसाधरणको प्रत्यक्ष सरोकार जोडिने विषयको उठान । सोही कारण रञ्जुले मत पाएको विश्लेषण गर्नेहरु पनि छन । चाहे डा गोविन्द केसीको ज्यान बचाउने सबालमा होस वा राष्ट्रियताका मुद्धा जोडिएका हरेक विषयमा विवेकशीलले सडक ततायो,सर्वसाधरणको मन जित्यो ।
एउटा गाँउपालिकाको अध्यक्ष लड्का लागि समेत आठ देखि दश लाखसम्म खर्च गर्नेहरु भेटिन्छन । काठमाडौंमा मेयर लड्नका लागि विवेकशीलले कति रकम खर्चियो ? पारदर्शीता विवेकशीलको अर्काे विशेषता रह्यो ।
केही दिन अगाडि मात्र उस्ले स्थानीय तहको निर्वाचनमा ६१ लाख ३९ हजार ८ सय ३० चन्दा लिएको र ३१ लाख ५४ हजार १ सय ६८ रुपैयाँ खर्च गरेको सार्वजनिक गर्र्यो । तर यो पूर्ण विवरण होइन । अबको तीन भित्रमा निर्वाचनमा भएको आम्दानी खर्चको पूर्ण विवरण सार्वजानिक गर्न सकिने विवेकशील पार्टीका अध्यक्ष उज्ववल थापाका स्वकीय भुप देव शाहले बताए ।
नेपालमा हालसम्म देखिएका दलहरुमध्य विवेकशील एउटा मात्र यस्तो पार्टी हो जस्ले पार्टी कार्यलयमा तपाई हामी जाँदा पिएको चियामा कति खर्च भयो भन्ने हिसाब किताबसम्म दुरुस्त उतारेर आफ्नो वेव पेज(लिड नेपाल डट कम) मा सार्वजानिक गरिदिएको छ ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस