Advertize with us.............

प्रहरी संगठनको नाम उचो राख्छु

नेपाल प्रहरीमा कार्यरत पुष्पराज बसेलले गित संगितको माध्यमबाट प्रहरी संगठनको नाम उच्च राख्ने बताउनुभएको छ। पूर्वी खवर सँगको कुराकानीमा गायक बसेलले त्यसो भन्नुभएको हो।
बिभिन्न बिधाका गित गाइसक्नुभएका बसेल इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत हुनुहुन्छ। २०४६ माघ ३ गते खाम्लालुङ्ग ६ तेह्रथुममा मानबहादुर बसेल र यमुनादेवी बसेलको कान्छो छोराको रुपमा जन्मनुभएका बसेल ऐच्छिक नेपाली बिषयमा स्नातकोत्तर तह प्रथम बर्षमा अध्ययनरत हुनुहुन्छ। ६जना मध्ये सन्तान मध्ये कान्छो सन्तानका रुपमा रहनुभएका बसेलका बुवा ब्यापार ब्यवसायका साथै खेतीपातीमा ब्यस्त हुनुहुन्छ भने आमा गृहिणी हुनहुन्छ।पूर्वी खवरको कार्यालय भएको बिशेष कुराकानीमा बसेलले कक्षा ५मा अध्ययन गर्दा प्रा.बि.स्तरीय गायन प्रतियोगिताबाट गित गाउन शुरु गरेको सम्झनुहुन्छ। तेह्रथुमको चुहानडाँडामा २०६३ सालमा भएको गायन प्रतियोगितामा सहभागी भएर प्रथम हुँदै पाँचहजार नगद पाएको पुरस्कार नै जीवनको पहिलो पुरस्कार भन्ने सम्झनुहुन्छ।बसेल २०६९मा युमा क्यासेट एण्ड कल्चर सेन्टरद्वारा सञ्चालित प्रथम ऐतिहाँसिक लिम्बुवान आईडलमा फाईनलिष्ट समेत हुनुभयो। प्रहरी सेवामा २०६९मा प्रवेश गरेपछि पूर्वाञ्चल बागिना कलाकेन्द्र धरानद्वारा सञ्चालित पूर्वाञ्चल स्टारमा फष्ट रनर अप(उपबिजेता) समेत हुनुभयो।पूर्वी खवरसँगको कुराकानीमा बसेलले बिभिन्न सांगितिक कार्यक्रमहरुमा गाउन बोलाउँदा पनि आँफुले सेवालाई उच्च प्राथमिकता दिएको हुँदा जान नभ्याउने गरेको बताउनुभयो। कसरी समय मिलाउनुहुन्छ भन्ने पूर्वी खबरको प्रश्नमा बसेलले पूर्ण समय प्रहरी सेवालाई दिएको र बचेको समय संगितलाई दिने गरेको बताउनुहुन्छ।उहाँले जिल्ला प्रहरी कार्यालय उदयपुर, पूर्व क्षेत्रीय दंगा नियन्त्रण गण दुहवी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय सम्पर्क कार्यालय इटहरी, नेपाल प्रहरी संगित बिद्यालय महाराजगञ्ज काठमाण्डौमा सेवा प्रदान गरिसक्नुभएको छ।२०७२ सालमा युमा क्यासेट एण्ड कल्चर सेन्टरबाट ६वटा आधुनिक, लोक आधुनिक, लोक पप लगायतका गित समावेश एल्वम मधुर बजारमा ल्याई सक्नुभएको छ।
पुष्पराजले गाएका ४वटा गितको भिडियो समेत बजारमा आईसकेका छन। उहाँ आफैले लेखेको र साजन राईको संगित रहेको वरवर सर्दै सर्दै बोलको गितमा मेलिना राईले साथ दिनुभएको छ अनि पुष्पल खड्का र बर्षा शिवाकोटीले अभिनय गर्नुभएको छ। भिडियोलाई श्रीधर पौडेलले निर्देशन गर्नुभएको छ। यस्तै नाकैमा फुली…बोलको गितमा बिरेन्द्र लिम्बुको शब्द, साजन राईको संगित रहेको छ गितमा, स्वस्तिमा खड्का, विन्टर रोका र गायक आँफैले अभिनय गर्नुभएको छ। भिडियोलाई जीवन शाहीले निर्देशन गर्नुभएको छ। यो गितलाई छोटो समयमा यु ट्युवमा ५०हजार पटक भन्दा बढि हेरिसकिएको छ।यस्तै शब्द संगित साजन राईको रहेको आँशुहरु…..बोलको गितमा श्रृष्टी खड्का, रुद्र लिम्बु, र गायक आँफैले अभिनय गर्नुभएको छ। योगितलाई पनि जीवन शाहीले नै निर्देशन गर्नुभएको छ। यसैगरी रोहित अधिकारीको शब्द, साजन राईको संगित रहेको लचक्क लच्क बोलको गितमा विन्टर रोका, यामु थापा र गायक स्वयंको अभिनय रहेको छ। यो गितलाई पनि जीवन शाहीले निर्देशन गर्नुभएको छ। वरवर बोलको भिडियो म्युजिक नेपालको यु ट्युव च्यानलमा र अरु भिडियो द म्युजिक ग्यालरीको यु ट्युव च्यानल मार्फत बजारमा आएको बसेलले बताउनुभयो।१०वटा गित गाईसकेका बसेलले केहि समयमा नै धर्म घिमिरे, सुन्दर लिम्बु लगायतले निर्माण गर्ने नेपाली चलचित्र “समयको एक क्षण”मा गाउन सम्झौता गरिसकेको बताउनुभयो। प्रहरी संगित बिद्यालय, प्रहरीको गायन समुह(अर्गेष्ट्रा) अथवा नेपाल पुलिस क्लवमा बसेर काम गर्ने अवसर पाए गायनलाई सहजता हुने बसेल बताउनुहुन्छ। ड्युटीमा खटिएको बेला श्रोता तथा दर्शकले तपाँईलाई मैले कहाँ पो देखेको भन्दा आँफुलाई औधी खुसी लाग्ने बसेल बताउनुहुन्छ।
१, 
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस