Advertize with us.............

फुयाल उत्थानको गोठधुप सम्पन्न

जिबन फुयाल
फुयाल उत्थान समाज केन्दीय कार्य समिति इटहरीले आयोजना गरेको परम्पारिक गोठधुप पुजा मोरङको भिमचौरीमा बैशाख २७ गते बुधबार भव्यरुपमा सम्पन्न भएकोछ ।
उक्त अवसरमा केन्द्रिय कार्य समितिका अध्यक्ष केवल फुयाल, उपाध्यक्ष ज्ञनेन्द्र फुयाल, सचिव एवं संयोजक गंगाराम फुयाल, सल्लाहकारद्वय मयूरध्वज फुयाल, काजी फुयाल र फुयाल उत्थान समाज धनकुटाका जीवन फुयाल लगायत फुयाल बन्धुहरुको बाक्लो उपस्थितिमा केन्द्रिय कार्यालय इटहरी र सुन्दरहरैचा बिच सामुहीक गोठधुप पुजा सम्पन्न भएको हो । नेपाल भरि छरिएर विभिन्न ठाउँमा बस्दै आएका फुयालहरुको पुख्र्याैली इतिहास खोज्ने र वंशावली विवरण बारेको फार्म वितरण गरिएपनि कतिपय विवरण अपुरो र स्पस्ट नभएकोले यसै गोठधुप भेलामा सबै क्षेत्रका फुयाल बन्धु उपस्थित भएकोले छुटफुट भएको अपुरो विवरण पूर्ण स्पस्ट हुनेगरि संकलन गरि केन्द्रिय समिति इटहरीलाई बुझाउन समेत सुचित गरिएको छ भने नेपाल भरिका फुयाल बन्धुहरु संगठित हुन आवश्यक देखिएको साथै सबै क्षेत्रको पुर्ण विवरण संकलन भएपछि तुरुन्तै फुयाल उत्थान समाज बंशावली स्मारिका प्रकाशन गरिने कुरा समेत सोही दिन अन्तिम चरणमा पुगेको प्रस्ट पार्नु भएको थियो।
विगत ७–८ वर्ष अघि सानो समूहले मोरङको भिमचौरी स्थानबाट सुरु गरेको फुयाल उत्थान समाज आफ्नो लक्ष्यलाई वृहत्तर विकास गर्दै केन्द्रिय कार्यसमितिमा खडा भएको साच्चिकै केन्द्र बनेको छ ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस