Advertize with us.............

बाबुरामले भने, ‘ हामी जे भन्छौ, त्यो पूरा गर्छौ’

Baburam Bhattarai quitsनयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले देशमा चुनावी मौसम सुरु भएसँगै पुराना पार्टीहरुले आम मतदातालाई प्रलोभनमा पारि मत किन्ने र धम्की एवं त्रासपूर्ण वातावरण सिर्जना गर्न लागेको भन्दै न्यायप्रेमी आममतदाता त्यसप्रति चनाखो रहनुपर्ने बताएका छन् । 
नयाँ शक्तिले कैलालीको भजनीमा बुधबार गरेको चुनावी सभालाई सम्बोधन गर्दै डा. भटराईले नयाँ शक्ति सधैं न्याय र सत्यको पक्षमा लड्ने दावी गरे । उनले भने ‘हामी जे भन्छौं, त्यो पूरा गर्छांै यदि पूरा गरेनौं भने तपाईहरुले जे दण्ड दिनुहुन्छ भोग्न तयार छौं ।’
संयोजक भट्टराईले इतिहासमा सबै पार्टीहरुले परिवर्तनको लागि योगदान दिएको चर्चा गर्दै भने ‘हामी कसैको आलोचना गर्दैनौं । नेपाली कांग्रेसले राणाशाहीको अन्त्य गर्न संघर्ष गरेकै हो । एमालेले पञ्चायतलाई ढालेर बहुदलीय व्यवस्था ल्याउन योगदान गर्यो । माओवादी जसमा म आफैं संलग्न थिएँ, त्यसले हतियारको बलमा राजतन्त्र र सामन्तवादलाई जरैदेखि फालेर संघीय गणतन्त्र स्थापना गर्नमा महत्वपूर्ण भूमिका खेल्यो । त्यसको हामी सबैलाई इतिहासमा पुर्याएको योगदानका लागि धन्यवाद दिन चाहन्छौं ।’
उनले देशमा व्यवस्था परिवर्तनको प्रक्रिया पूरा भएकोले अबको निकासका लागि नै नयाँ शक्तिको अपरिहार्यता रहेको समेत प्रष्ट पारे । उनले राजनीति नसुध्रिएसम्म सामाजिक आन्दोलनले मात्र देशको विकास नहुने बताउँदै सबै समुदायमा रहेका सक्षम र सचेत मान्छेहरु अगाडि बढेर देशलाई विकल्प दिनुपर्ने प्रष्ट पारे ।

अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस