आफूमाथि लगाइएको महाभियोग प्रस्ताव सर्वोच्च अदालतले उल्टाउँदै काममा फर्कने आदेश दिएपछि प्रधानन्यायाधीस सुशील कार्की पुनः सर्वोच्च अदालत फर्किएकी छिन् ।
आइतबार बिहान साढे ९ः २० बजे उनी सर्वोच्च अदालत पुगेकी हुन् ।
बा २ झ ११७५ नम्बरको गाडी चढेर उनी सर्वोच्च अदालत प्रवेश गरेकी थिइन् ।

गत आइतबार सत्तारुढ दल नेपाली काँग्रेसको प्रस्ताव र नेकपा माओवादी केन्द्रको समर्थनमा कार्कीमाथि महाभियोग प्रस्ताव दर्ता भएको थियो । महाभियोग दर्ता भएपछि उनी स्वतः निलम्बनमा परेकी थिइन् ।
तर, शुक्रबार चोलेन्द्र शमशेर जबराको एकल इजलासले महाभियोग प्रस्ताव अघि नबढाउने आदेश दिँदै कार्कीलाई सर्वोच्चमा फर्कन भनेको थियो ।






परिवर्तनपरिवर्तन इमोसनइमोसन