ब्लड कप हाजिरी जवाफमा मुन बिम एकेडेमी प्रथम
समय अनलाईन/ बिपिन चापागाई
बैशाख /२२
सुनसरीको बराह नगरपालिका वडा नम्बर ५ कालाबन्जार मा रहेको डिभान लाइट एकेडेमी इङलिस बोर्डिङ स्कुलमा ब्लडपल पुर्बअञ्चल को आयोजनामा भएको ब्लड पल स्कुल स्तरीय हाजिर जवाफ प्रतियोगितामा कालाबन्जार मा रहेको मुन बिम एकेडेमी प्रथम भएको छ।
कार्यक्रमको सभापतित्व ब्लड पलको पुर्ब अञ्चलको संयोजक मनिस खड्का रहनु भएको थियो । भने प्रमुख अथिती भिखन चौधरी र विशेषज् अथिती डिभाइन लाइट एकेडेमी स्कुलका सह प्रीन्सिपल हरि सापकोटा र अथितीहरुमा देबेन्द्र बस्नेत , कमला बराल , सिता चौलागाईं र कल्पन चौलागाईं लगायत अन्य थुप्रै अथिती हरु को उपस्थिति रहेको सभापति मनिस खड्का बताउनु भयो।
कार्यक्रममा स्वागत मन्तव्य ब्लड पल पुर्ब अञ्चलको सल्लाहकार शुशिल भट्टराई ले गर्नु भएको थियो । मन्तव्य सभापति मनिस खड्का र भिखन चौधरीले राख्नु भएको थियो ।
कार्यक्रममा मुन बिम एकेडेमी १६० अंक ल्याएर प्रथम भएको छ । डिभाइन लाइट एकेडेमी ७० अंक ल्याएर दोश्रो र भरौल बाल मन्दिर तेस्रो भएको आयोजकले जनाएको छ। कार्यक्रममा ब्लड सम्बन्धि ज्ञान का कुराहरु को चर्चा भएको थियो । भने विभिन्न संस्था मिडिया लगायत अन्य ब्याक्ती हरु पनि सहयोग रहेको सो कार्यक्रममा उद्घोषक नानु पौडेल र प्रश्न प्रस्तोता प्रदीप खड्का र अञ्जता धामी रहनु भएको मनिस खड्काले बताए





परिवर्तनपरिवर्तन इमोसनइमोसन